दोस्रो पालिका स्तरिय पाख्रीबास कप फुटबल : धनकुटा नगरपालिका र सहिदभूमि गाउंपालिका विजयी
धनकुटा । धनकुटाको पाख्रीबासमा आजदेखि पालिका स्तरिय दोस्रो पाख्रीवास कप पुरुष फुटबल प्रतियोगिता शूरु भएको छ ।
पाख्रीबास युथ युनाइटेडको आयोजना तथा पाख्रीवास नगरपालिकाको सहयोगमा सञ्चालित प्रतियोगिताको आज पहिलो दिन दुई वटा खेल भएका छन् ।
आजको पहिलो खेलमा आयोजक पाख्रीवास युथ यनाईटेड र धनकुटा नगरपालीका भिडेका थिए । यी दुई समूह बीचको खेलमा ० को विरुद्ध ५ गो लगाउदै धनकुटा नगरपालिका विजयी भएको आयोजकले जनाएको छ । पहिलो खेलको म्यान अप दि म्याच धनकुटा नगरपालिकाका महेन्द्र कार्की घोषित भएका छन् ।
त्यस्तै शहिदभूमी र चौविसे गाउँपालिका बीच भएको दोश्रो खेलमा ४ को विरुद्ध ५ गोल लगाउदै शहिदभूमी विजयी भएको छ । खेलको निर्धारित समयमा कुनै पनि पालिकाले गोल गर्न नसकेपछि पेनाल्टी मार्फत शहिदभूमीले जित निकालेको हो ।
भोलिको खेल दिउँसो १२ बजेदेखी शूरु हुने छ । भोलिको पहिलो खेल सागुरीगढी र छथरजोरपाटी गाउँपालिका बीच हुनेछ भने दोश्रो खेल महालक्ष्मी र पाख्रीवास नगरपालिका बीच हुने आयोजक पाख्रीवास युथ युनाईटेडले जनाएको छ ।
२९ गते सम्म हुने प्रतियोगितामा आयोजक पाख्रीवास युथ युनाईटेड सहित जिल्लाको सात वटै पालिकाहरुको सहभागिता छ । प्रतियोगिताको फाइनल खेल असोज २९ गते हुनेछ ।
प्रतियोगिताको प्रथम र दोस्रो हुने टीमलाई क्रमश: रु एक लाख र ५० हजार सहित कप,मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।


