१० वर्षदेखि अलपत्र उदयपुर-खोटाङ जोड्ने फोक्सिनटार पुल अन्तिम चरणमा

उदयपुर, २७ असोज । नेपालकाे दोस्राे आर्क ब्रिज उदयपुर-खोटाङ जोड्ने फोक्सिन्टारमा निर्माणाधीन पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ । १० वर्षअघि नै निर्माण सुरू भए पनि विभन्न कारणले पटक पटक अलपत्र पर्दै आएकाे याे पुल यस वर्ष भने पूरा हुने चरणमा छ ।

पुल निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले चार वर्ष काम नै नगरी अलपत्र छाडेको थियाे । तर, पुल पछिल्लो समय भने द्रुत गतिमा काम गरेपछि उदयपुर-खोटाङ जोडिएको हो । सगरमाथा लोकमार्ग अन्तर्गत गाईघाट–दिक्तेल सडकमा पर्ने सुनकोशी नदीको पक्की पुल निर्माणको म्याद चौथो पटक थपिएपछि निर्माण सम्पन्न हुन लागेकाे हाे ।

गाईघाट–दिक्तेल सडकको उदयपुरतर्फ रौतामाई गाउँपालिका– ५ र खोटाङतर्फ खोटेहाङ गाउँपालिका– ९ बीचको फोक्सिन्टारमा निर्माणाधीन पुल २२ चैत ०७५ मा सम्पन्न गर्नेगरी ३० चैत ०६९ मा ठेक्का सम्झौता भएको थियो ।

एक सय २० मिटर लामो याे पुल निर्माणको जिम्मा गौरी-पार्वती र वाईपी जेबीले लिएको थियाे । पुल योजना पूर्वी क्षेत्र सेक्टर नम्बर १ धरानले सो पुल निर्माणको प्राविधिक रेखदेख गर्ने जिम्मा पाएको छ । अलपत्र अवस्थामा रहेको आर्क डिजाइनको पुल २६ असोजकाे मध्यरात सम्ममा पुलको स्ल्याब ढकान सकिएकाे पुल योजना पुर्वी क्षेत्र सेक्टर नम्बर १ धरानका डिभिजन इन्जिनियर नितेस झाको भनाइ छ ।

उनको भनाइअनुसार इन्जिनियर अजयकुमार साहको रेखदेखमा प्राविधिकसहितको टोलीले पुलको स्ल्याब ढलान गरेकाे र बुधवार अबेर राति काम सकेर कात्तिक मसान्तसम्ममा पुलबाट गाडी चलाउन मिल्ने झाको भनाइ छ । बिहीवार सम्ममा ९० प्रतिशत काम सम्पन्न हुने डिई झाले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।