जुम्ला विपद् : अर्बौंको क्षति भएको प्रारम्भिक अनुमान

दिलमाया शाही/जुम्ला, २७ असोज । अविरल वर्षाका कारण जुम्लामा अर्बौं रुपैयाँको क्षेति भएको प्ररम्भिक अनुमान छ । पहिराेका कारण २२ असोज अपरान्ह ४ः०० बजे कनकासुन्दरी गाउँपालिका-५ जुम्ला बारकोटे गाउँका एकाघरका पाँचसहित सात जनाले ज्यान गुमाएका थिए ।

सोही दिन हिमा गाउपालिका-३ जोगीवाडामा आएको बाढीमा परी एकै घरका दुई जनाको ज्यान गयो । पहिराेले डोल्पादेखि जुम्ला आउँदै गरेकी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अध्ययनरत एक छात्राले गुठिचौर गाउँपालिका-१ मणिसँघुमा ज्यान गुमाइन । १९ असोजदेखि टेलिफोन टावर, इन्टरनेट, विद्युत अवरुद्ध हुँदा कहाँ कति धनजनको क्षति भयो भन्ने एकिन अझै भइनसकेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

विपद्ले जुम्ला मात्र नभई कर्णालीका दशवटै जिल्लामा बितण्डा मच्चाएको छ । कतै पहिरो, कतै बाढी त कतै चट्याङले अर्बौं रुपैयाँको जनधनको क्षति गरेको छ । सञ्चारका माध्यम अवरुद्ध हुँदा सबै जिल्लाको क्षति लिन मूलतः साविक कर्णालीका पाँच जिल्लाका विपद् व्यवस्थापन समितिहरुलाई समस्या भएको छ ।

पहिरोले कर्णाली राजमार्गलगायत अन्य सहायक मार्ग बन्द हुँदा उद्धार तथा राहतका कार्य गर्न पनि त्यत्तिकै अप्ठ्यारो भएको जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले बताए ।

यस पटक दसैं मनाएर बाली भित्र्याउने योजना बनाएका यहाँका किसानको मुखको गाँस प्राकृतिक विपद्ले खोसेको छ । २१ असोजमा आएको बाढीले तिला गाउँपालिका-४ साँपुल्ली गाउँमा अवस्थित शेरबहादुर शाही, राईबहादुर शाही, दत्तबहादुर शाही, लंकबहादुर शाही, मीमबहादुर शाही, रतनबहादुर शाही र लालबहादुर सुनार घरमा क्षति पुर्याएको छ । बाढी आएको सूचना गाउँले दिएपछि उनीहरुले घरबाट भागेर ज्यान जोगाउन सफल भए ।

विस्थापित भएका उनीहरूले अहिले छिमेकीको साहारा लिनुपरेको छ । बाढीले विभिन्न परिवारका गरेर करिब एक दर्जन बढी बाख्रा, कुखुरा र खरायो बगाएको पीडित दत्तबहादुर शाहीले बताए ।

यस्तै, फुटाखोला, खानताडो, पानी प्याउन खोलामा आएको बाढीले दुनी, मेहलचुन, धिमधारामा लगाएको सिमी, मकै, कोदो, चिनो, कागुनो बाली नष्ट गरेको छ भने सोही बाढीले झारखेत, मुसीखेत, लिडाला, भुँडाधारा, खोलीखेत, थाम्खोला, मुँडेनी खोला, भूँर र कुनाखेतमा लगाएको सयौं खेतको अन्नबाली पूर्णरुपले नष्ट गरेको स्थानीय पृथ्वीबहादुर शाहीले बताए ।

विपद्ले जुम्लाका सात गाउँपालिकामा बढी क्षति भएको छ । धनजनको क्षेति कनकासुन्दरी, हिमा र तिला गाउँपालिकाले व्यहोर्नु परेको छ भने तातोपानी गाउँपालिकाको लाक्षु, राँका, बाइराँका ज्यूलो बाढीमा डुबेकाे छ । तिला गाउँपालिकाको घोडासिन बस्ती बढी जोखिम रहेको जिल्ला विपद् व्यवस्थापन समितिले बताएको छ ।

मार्सी धानबालीमा सबैभन्दा बढी क्षति
अविरल वर्षाले जुम्लामा पाक्नै लागेको मार्सीधानबालीका फाँटमा क्षति पुगेको छ । एक सातादेखि परेको अविरल वर्षाले धानबालीमा क्षति हुँदा यहाँका किसान मर्कामा परेका छन् ।

जिल्लाभरका किसानको धानबाली, सिमीलगायतका बालीमा पुर्याएको क्षतिको विवरण सङ्कलन गर्न स्थानीय तहका कृषि शाखासँगको सहकार्यमा कृषि विकास कार्यालयले काम गरिरहेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताए ।

वर्षाले खेतमा पाक्नै लागेको धान ढालेपछि किसान चिन्तित छन् । भित्र्याउने बेलाको धानबाली ढलेर खेतमै दाना झरेको छ । पाकेको बाली घर भित्र्याउने समयमा वर्षाले क्षति गरेपछि यहाँका किसानलाई वर्षभरि पुग्ने अन्न संकट हुने स्थानीय जयशंखर धितालले बताए । उनले भने, ‘हाम्रो १४ भारी मार्सी धानसहित खेत बगाएको छ ।’

त्यस्तै धेरैजसो सिञ्जा क्षेत्रमा धानबालीमा क्षति गरेको सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । उनले भने, ‘पालिकाको धान उत्पादन हुने ठाउँका सबै खेतबारी बगरमा परिणत भएको छ ।’ यस्तै, तिला गाउँपालिकाको नुवाकोट, कुडारी र सापुल्ली क्षेत्रका खेतबारीमा लगाएको धानबाली पूर्णरुपमा क्षति गरेको पुगेको छ ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्यांकअनुसार जुम्लामा दुई हजार नौ सय ५० हेक्टरमा धानखेती गरिएको छ । जिल्लाका आठवटै स्थानीय तहमा धानखेती हुन्छ । कृषि बालीमा भएको क्षेतीको एकिन विवरण संकलन गर्न जिल्ला प्रशासनले सबै स्थानीय तहलाई अनुरोध गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।