बुद्धिचाल प्रतियोगितामा रुपेश र सुजनाको विजयी सुरुआत

गोरखा, २८ असोज । नवाँै राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गोरखा जिल्लामा भइरहेको बुद्धिचाल प्रतियोगितामा रुपेश जैसवाल र सुजना लोहनीले जीतको सुरुआत गरेका छन् । प्रतियोगिताअन्तर्गत भएको पहिलो चरणको खुला क्लासिकल इभेन्टमा विभागीय टोली त्रिभुवन आर्मी क्बलका जैसवालले गण्डकी प्रदेशका लेकबहादुर थापालाई पराजित गर्नुभएको हो ।

त्यस्तै पहिलो चरणको महिला क्लासिकल इभेन्टमा त्रिभुवन आर्मी क्बलकी सुजना लोहनीले बाग्मती प्रदेशकी मार्सल तामाङलाई पराजित गर्नुभएको निर्णायक दिपेश गिरीले जानकारी दिनुभयो । प्रतियोगिताअन्तर्गत खुला क्लासिकलतर्फको पहिलो चरणको खेलमा नेपाल प्रहरीका फिडे मास्टर शिक्षित भण्डारीले सशस्त्र प्रहरी बलका विश्व विजय घिमिरेलाई पराजित गर्नुभयो ।

त्यस्तै त्रिभुवन आर्मीका क्यान्डिडेट मास्टर मिलन लामा र मधेस प्रदेशका मनोज विकबीच भएको प्रतियोगिता ‘ड्र’भएको छ । खुला क्लासिकलतर्फ नै प्रदेश नम्बर १ का जेम्जुङ प्रशान्तदासलाई पूर्वराष्ट्रिय च्याम्पियनसमेत रहनुभएका सुरवीर लामाले पराजित गर्नुभएको छ भने बाग्मती प्रदेशका निकेन कुसताले बाग्मती प्रदेशकै राजिव कार्कीलाई पराजित गर्न सफल हुनुभएको छ ।

प्रतियोगिताअन्तर्गत महिला क्लासिकलतर्फको पहिलो चरणको खेलमा बाग्मती प्रदेशका लक्ष्मी कँडेलले सशस्त्र प्रहरी बलकी गीता जैसवाललाई पराजित गर्नुभयो भने एनआरएनकी विनिता कपालीले मधेस प्रदेशकी सङ्गीता महतोलाई पराजित गरी पहिलो उत्कृष्ट पाँचभित्र पर्न सफल भएकी हुन् । प्रतियोगितामा कूल ११ टिमको सहभागिता रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।