राजमार्ग बन्द हुन नदिन मोरङका प्रजिअको निर्देशन

विराटनगर, २८ असोज । आसन्न निर्वाचनलाई सफल बनाउन कुनै पनि बहानामा राजमार्ग बन्द हुन नदिन सम्बन्धित कार्यालयलाई सचेत रहन मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आज निर्देशन दिनुभएको छ ।

जङ्गल छेउछाउँका राजमार्ग रुख ढलेर वा बाटो बिग्रेर बन्द हुने अवस्था आउन नदिन उहाँले सो निर्देशन दिनुभएको हो । निर्देशनअनुसार सडक कार्यालयले जनताबाट आएका गुनासोलाई अविलम्ब सम्बोधन गर्नुपर्ने र संस्थानका सवारी साधनलाई चालू अवस्थामा दुरुस्त बनाएर राख्नुपर्ने उल्लेख छ ।

निर्वाचनमा हुनसक्ने अराजक गतिवधिलाई निस्तेज पार्न प्रहरी सङ्ठनको क्रियाशीलता बढाउनुपर्ने, मतदानमा खटिने कर्मचारीले निर्वाचन आचारसंहितालाई पूर्ण पालना गर्नुपर्नेमा ध्यानाकर्षण गराइएको छ । एक मतदानस्थलमा आठ देखि १२ जना कर्मचारी परिचालन गरिने र निर्वाचनलाई भयरहित, स्वच्छ, स्वतन्त्र, पारदर्शी तथा धाँधलीरहित बनाउन तीन घेरामा सुरक्षा रहने व्यवस्था गरिएको प्रजिअ दाहालले बताउनुभयो ।

अतिसंवेनशील र सामान्य मतदानस्थल वर्गिकरण गरी सोही अनुसारको सुरक्षा व्यवस्था मिलाइने जानकारी दिँदै उहाँले भन्नुुभयो,“जनताको मत प्रकट गर्ने निर्वाचन हर हालतमा स्वच्छ एवं निष्पक्ष बनाउन प्रशासन तयार छ ।”(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।