अझैँ सञ्चालनमा आएन चौरजहारी विमानस्थल

सुर्खेत, २९ असोज । जाजरकोट र सल्यानलाई समेत लक्षित गरेर निर्माण गरिएको रुकुम पश्चिमको चौरजहारी नगरपालिकास्थित विमानस्थल अझैँ सञ्चालनमा आउन सकेको छैन ।

विमानस्थल सञ्चालनमा लागि भन्दै आर्थिक वर्ष २०७९÷८० को वार्षिक बजेटमा सरकारले सरकारले बजेट विनियोजन गरेको थियो । देशका विभिन्न विमानस्थलसँगै चौरजहारी विमानस्थलको स्तरोन्नति तथा निर्माण गर्न १२ अर्ब २४ करोड बजेट सरकारले विनियोजन गरिएको थियो । आठ वर्षदेखि बन्द अवस्थामा रहेको विमानस्थल यसै वर्षको दशैँतिहारमा सञ्चालन गरिने आशा गरेको यस क्षेत्रका सर्वसाधारणले बताएका छन् ।

तत्कालीन स्थानीय सरकारका जनप्रतिनिधिको टोलीसँग विमानस्थल सञ्चालनका लागि पर्यटन मन्त्रालय जाँदा दसैंतिहारको बेलामा सञ्चालनमा ल्याउन सकिने आश्वासन दिइए पनि विमानस्थल सञ्चालनको कुनै प्रक्रिया सुरु नगरिएको स्थानीयको गुनासो छ ।

२०२८ सालदेखि सञ्चालनमा आएको यो विमानस्थल २०७० सालको फागुनबाट सञ्चालनमा छैन । २०७० फागुनदेखि २०७२ भदौसम्म पाँच करोड ५९ लाख ४९ हजार ९५२ रुपियाँको लागतमा विमानस्थलको धावनमार्ग कालोपत्रे गरिएको थियो ।

विमानस्थलको स्तरोन्नति भएपछि यहाँ विमान आउने क्रम घटेको छ । पछिल्लो समयमा विमानस्थल बन्दजस्तै छ । विमानस्थल र टावर कुनै स्थानमा पनि कर्मचारी र प्रहरी छैनन् ।

विमानस्थलसँगै चौरजहारी मिसन अस्पतालबाट बाहिर ठुला अस्पतालमा सिफारिस गरिएका बिरामीलाई उपचारमा लिन समस्या हुँदै आएको छ ।
भेरी करिडोरको बीचमा पर्ने यो बिमानस्थल सञ्चालनमा आए सबै भन्दा बढी बिरामीहरुले लाभ उठाउने अपेक्षा लिइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।