दिक्तेल–साप्सुखोला सडक स्तरोन्नतीमा चरम ढिलासुस्ती

खोटाङ, २९ असोज । खोटाङको दिक्तेल–साप्सुखोला सडक स्तरोन्नतीको काममा चरम ढिलासुस्ती भएको छ । दिक्तेल–खोटाङबजार सडकअन्तर्गत दिक्तेलको अस्पतालचोकदेखि साप्सु खोलासम्मको सडक स्तरोन्नतीको काममा निर्माण कम्पनीले चरम ढिलासुस्ती गरेको हो । अस्पतालचोक–दुबेचिवा (३ किलोमिटर) सडक खण्ड स्तरोन्नतीको काम ढुकुछु/बगाले/बिएनटी जेभीले लिएको छ । भ्याटसहित ५ करोड ६ लाख ५५ हजार ५८६ रुपैयाँ खर्चमा २०७९ पुस २८ गतेसम्ममा सम्पन्न गर्नेगरी ढुकुछु/बगाले/बिएनटीले २०७८ जेठ २० गते ठेक्का सम्झौता गरेको थियो ।

यस्तै, दुबेचिवा–साप्सुखोला (४ किलोमिटर) सडक खण्ड स्तरोन्नतीको ठेक्का सगरमाथा सजिव आरएन जेभीले लिएको छ । सगरमाथा सजिवले भ्याटसहित २ करोड ९६ लाख ३७ हजार ५८६ रुपैयाँमा ग्राभेल सक्नेगरी ठेक्का लिएको हो । उसले २०७९ माघ १५ गतेसम्ममा सम्पन्न गर्नेगरी २०८७ चैत २८ गते सडक स्तरोन्नतीको सम्झौता गरेको थियो । तर, करिब चार महिना म्याद बाँकी रहदा दुबै सडक खण्डको काम निरासाजनक छ । सडक स्तरोन्नतीमा ढिलासुस्ती हुँदा साकेला, दिप्रुङ चुईचुम्मा र खोटेहाङ गाउँपालिका आवतजावत गर्न सास्ती भइरहेको छ । विशेषगरी सामान्य वर्षाकै कारण दिक्तेलदेखि साप्सु खोलाबबीचका सडक हिलाम्मे हुने गरेको छ ।

मेयर भट्टराई पुगे डेडेलिगेसन
दिक्तेल–साप्सुखोला सडक स्तरोन्नतीको काममा ढिलासुस्ती भएको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई सडक डिभिजन कार्यालय हर्कपुर, ओखलढुंगामा डेलीगेसन पुगेका छन् । मेयर भट्टराईले बिहीबार कार्यालय प्रमुख इन्जिनियर अरुणकुमार लाल कर्णलाई भेटेर मौखिक स्पष्टीकरण लिएका छन् । इन्जिनियर कर्णले निर्माण व्यवसायीलाई तत्काल फोन गरेर एक साताभित्र काम सुरु गर्न निर्देशन दिएको मेयर भट्टराईले बताए ।

‘निर्माण व्यवसायीले समयमा काम नगरी कर्तव्यविमुख हुँदा मात्तिम–रतन्छा हुँदै साकेला जाने नागरिक पीडा खेप्न वाध्य छन् । एक साताभित्र काम सुचारु नगराए अन्यथा नयाँ शिराबाट काम गराउने समझदारी भएको छ,’ भट्टराईले भने, ‘यती गर्दा पनि काम सुरुवात नभए नागरिकको हितलाई मध्यनजर गर्दै नगरपालिकाले कडाभन्दा कडा कदम चाल्ने तयारी गरेको छ । हामी आन्दोलनदेखि विभागसम्म डेलीगेसन दिन पुग्छौँ ।’

अस्पतालचोक–दुबेचिवा सडक खण्डमा सामान्य काम भए पनि दुबेचिवा–साप्सुखोला सडक खण्डमा भर्खर मात्र काम सुरु भएको मेयर भट्टराईले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।