कालीगढ पलायनले टक्सारको धातु व्यवसाय सङकटमा

टक्सार (भोजपुर), २९ असोज । इतिहास बोकेको भोजपुर नगरपालिका–१२ टक्सारको धातुसम्बन्धी सामग्री बनाउने उद्योग कुनै बेला चर्चामा थियो । तर अहिले आएर स्थानीयवासीसमेत विस्थापित हुने क्रम बढेकाले त्यहाँको धातु व्यवसाय नै सङ्कटमा परेको छ ।

स्थानीयवासीका साथै दक्षकालीगढसमेत विस्थापित हुन थालेपछि टक्सारमा अहिले चार पाँच घरले मात्र धातुको व्यवसाय गर्दे आइरहनुभएको छ । विगतमा भोजपुरको टक्सारमा बनेका धातुका सामग्री बिक्रीका लागि अन्यत्र जाने गरेको भए पनि अहिले जिल्ला बाहिर बनेका धातुका सामग्री भोजपुरमा बिक्रीका लागि आउने गरेको व्यवसायी नवराज श्रेष्ठले बताउनुभयो ।

अहिले बजारमा बिक्रीका लागि राखिएका धातुका सामग्री धेरै मात्रमा धरानबाट आउँछ । अहिले केही घर बाँकी रहेका टक्सारका व्यवसायी पनि माग अनुसारका सामग्री मात्र उत्पादन गर्ने गरेको स्थानीय साजुकाजी शाक्यको भनाइ छ । शाक्यले भन्नुभयो, “विगतमा जस्तो धातु व्यवसाय अहिले छैन, ऐतिहासिक टक्सार बजार अहिले नाममा मात्र सीमित बन्न पुगेको छ ।”

टक्सारमा निर्मित करुवा, तामाको भाँडा, गाग्रो, काँसको थाल, लोटा, आमखोरा, अन्टी, ग्लास, कचाँैरा, डबका नेपालभित्र मात्र नभएर विदेशमासमेत प्रसिद्ध रहेको थियो । ऐतिहासिक कलामा पोख्त कालीगढ पलायन भएपछि मूर्तिकला र हस्तकलाको उद्योग पनि लोप भएको हो ।
कालीगढको अभावसँगै कच्चापदार्थको अभावमा धातु उद्योग फस्टाउन सकेको छैन । स्थानीयस्तरमा खानी सञ्चालन नभएकोले तराईबाट आवश्यक कच्चापदार्थ र कोइला ढुवानी गर्दा महँगो हुने भएकाले पनि टक्सारबाट कालीगढको विस्थापन हुने क्रम बढेको स्थानीयवासी बिमल शाक्यले बताउनुभयो ।

टक्सारमै रहेको घरेलु विकास कार्यालयका अनुसार विगतमा दर्ता भएका धातु उद्योग अहिले केही मात्र सञ्चालनमा देखिएका छन् । यहाँ निर्मित हस्तकलाका सामग्री नेपालमा मात्र होइन, चीनको तिब्बत् र भारतको दार्जिलिङ्, आसाम, सिलगढी तथा कोलकातासम्म बिक्रीका लागि निर्यात हुने गरेको स्थानीयवासीको भनाइ छ । टक्सारबाट विस्थापन हुने क्रम नरोकिएकाले पनि यो बजारको धातु उद्योग पनि सङ्कटमा परेको स्थानीयवासी बिमल रणपहेलीको भनाइ छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।