बङ्गुर पालनमा रमाउँदै फागु दम्पती

म्याङ्लुङ, २९ असोज । चिमले बारेको घर । घरको छेउछाउ साना–साना बङ्गुरका खोर । त्यही खोरमा बङ्गुरको स्याहारसुसार व्यस्त भेटिन्छन् तेह्रथुमको म्याङलुङ – ३ कृषि टोल निवासी जोगबहादुर फागु । उहाँ ३० वर्ष अगाडि म्याङलुङमा नै रहेको गैह्रसरकारी संस्थामा काम गर्नुहुन्थ्यो । संस्थामा काम गरिरहँदा पनि आफूलाई कृषि पेसा नै उत्तम लाग्ने गथ्र्यो फागुलाई ।

संस्थाको सुकिलोमुकिलो जागिर छोडेर अहिले उहाँ कृषि पेसामा रमाउन थाल्नुभएको छ । पहिलेदेखि कृषि पेसामा रुचि राख्ने फागुले २०५२ सालदेखि व्यावसायिक रुपमा बङ्गुर पाल्न थाल्नुभयो ।

दुई वटाबाट सुरु गरेको उहाँको फार्ममा अहिले ६० बङ्गुर छन् । उहाँले अहिले व्यावसायिक बङ्गुर पालनबाट आफ्नो जीवन गुजारा चलाउँदै आउनुभएको छ । मेहनत गरेमा आफ्नै गाउँठाउँमा नै विभिन्न व्यवसाय गरेर विदेश वा जागिरमा भन्दा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उहाँ सबैका लागि उदाहरण बन्न थाल्नुभएको छ ।

उहाँले बङ्गुर पालेर नै आठ जनाको परिवार धान्दै आउनुभएको छ । उहाँ भन्नुहुन्छ, “बङगुर पालेर छोराछोरीलाई राम्रो शिक्षा दिएको छु, घरखर्च चलाउन सहज भएको छ । यसबाट वार्षिक रु पाँच लाख आम्दानी हुन्छ ।”

सानैदेखि बङ्गुरपालन गरेर आफ्नो जिन्दगी चलाउने उहाँको सोच थियो । आफू सानो हुँदा घरमा बङ्गुर पालेकाले आफूले यही पेसा गर्ने मनसाय राखेर बङ्गुुरपालन गरिरहेको फागुले बताउनुभयो ।

विदेशमा गएर पनि धेरै मेहनत र पसिना नबगाइ हुदैन । धेरै दुःख पाइन्छ । भाषा बुझिँदैन त्यसैले आफ्नै देशमा पसिना बगाउनुपर्ने उहाँको धारणा छ । उहाँ भन्नुहुन्छ, “ विदेशमा माटो, पानी, बिरुवा सबै बाहिर देशबाट ल्याएर हराभरा बनाउछन् । हाम्रोमा त प्रकृतिले नै सबै थोक दिएको छ । अब कृषि र पशुपालन व्यवसायमा रुपान्तरण गर्न युवापुस्ताको खाँचो छ । ”

व्यावसायिक बङ्गुरपालन गर्न स्थानीय, प्रदेश सरकारले सहयोग गरोस भन्ने फागुको आशा छ । उहाँको व्यवसायलाई श्रीमतीले सघाउनुहुन्छ । बङ्गुर पाल्न धेरै दुःख हुने गरेको श्रीमती भक्तिमायाले सुनाउनुभयो । उहाँ भन्नुहुन्छ, “पहिले बङगुरको माग धेरै हुन्थ्यो, भारत निर्यात हुन्थ्यो । माग बढी थियो, राम्रो आम्दानी हुन्थ्यो, अहिले बङ्गुर उत्पादन बढ्यो । बजारको समस्या हुन थालेको छ । पहिले जस्तो माग छैन ।”

म्याङलुङ नगरपालिकामा व्यावसायिक पशुपालन गर्दै दूध तथा मासु उत्पादन गरीरहेका कृषकका लागि अनुदान सहयोगका कार्यक्रम ल्याउन आवश्यक रहेको उनीहरुको भनाइ छ । यस्ता कार्यक्रम भयो भने जिल्लालाई मासुमा आत्मनिर्भर बनाउन सकिने व्यवसायी बताउँछन् । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।