नि:शुल्क स्वास्थ्य शिविर संचालन

झापा,असोज ३० । “६७ औ प्रहरी दिवश २०७९ को अवसरमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।

ईलाका प्रहरी कार्यालय अनारमनीको सहकार्य र बि.एण्ड.सि. अस्पताल बिर्तामोडको सहयोगमा अर्जुनधारा नगरपालिका-११ मा रहेको होलिका बोडिङ स्कुलको प्राङगनमा शनिवार एक दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

नेपाल रेडक्रस सोसाईटी बिर्तामोड, सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्श सामुदायिक प्रहरी सेवा केन्द्र र बिभिन्न संघसंस्थाहरुको सहभागितमा सम्पन्न भएको निशुल्क स्वास्थ्य शिविर कार्यक्रममा २८ जना पुरुष र ८८ जना महिलालाई निशुल्क उपचार दिईएको हो ।

स्वास्थ्य शिविरमा हाडजोर्नी, यौन तथा छाला रोग तथा गाईनो रोग सम्बन्धीका बिरामीहरुलाई निशुल्क परामर्श तथा उपचार सेवा प्रदान गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖