वाङ्मय शताब्दी पुरुषको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि ललितपुर महानगरपालिकामा

ललितपुर, ३० असोज । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पुल्चोकस्थित ललितपुर महानगरपालिका भवन प्राङ्गणमा राखिएको छ ।

पुरातत्वविद् जोशीको एक सय तीन वर्षको उमेरमा ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।

यसअघि उहाँको पार्थिव शरीर १२ बजेसम्म श्रद्धाञ्जलिका लागि कलेज प्राङ्गणमा राखिएको थियो । त्यहाँ राजनीतिक दलका स्थानीय नेता, संस्कृति विद् तथा शुभेच्छुले श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीगणलगायत पार्टी नेता एवं समाजका विभिन्न क्षेत्रका तह र तप्काका व्यक्ति महानगरपालिका पुगेर उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ । पार्थिव शरीर यहाँ अपराह्न ४ बजेसम्म रहने महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिनुभयो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।