चोरी मुद्धाका फरार प्रतिवादी राई १३ बर्ष पछि पक्राउ

बिराटनगर, असोज ३० । १ नम्बर प्रदेश प्रहरी कार्यालयको RIT समुहबाट खटिएको प्रहरी टोलीले १ जना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको छ।

चोरी मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०६६।०४।१९ गतेको फैसला आदेशले १८ दिन कैद र रु.५६,२५०/- (छपन्न हजार दुई सय पचास) जरिवाना तोकिएका धरान उप-महानगरपालिका-१५ का ३३ बर्षीय सुमन राईलाई गाँउघरमा नै लुकिछिपी बसेको अबस्थामा पक्राउ गरी सम्मानित सुनसरी जिल्ला अदालतमा उपस्थित गरेकोमा कैद भुक्तानको लागी झुम्का कारागार पठाएको छ ।

यो पनि…
वाम लोकतान्त्रिक गठबन्धनको सात हजार एक सदस्यीय निर्वाचन परिचालन समिति
काठमाडौँ, ३० असोज (रासस) : वाम लोकतान्त्रिक गठबन्धन काठमाडौँ क्षेत्र नं २ ले आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गर्न सात हजार एक सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

आज यहाँ आयोजित गठबन्धनको चुनावी प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति कुविर शर्माको संयोजकत्वका निर्वाचन परिचालन समिति गठन गरिएको हो । सो समितिमा गठबन्धन दलमा आवद्ध सबै दलका क्षेत्रीय समिति मातहतका नेता तथा कार्यकर्ता सदस्य हुनुहुन्छ ।

सो निर्वाचन क्षेत्रमा वाम–लोकतान्त्रिक गठबन्धनकातर्फबाट प्रतिनिधिसभातर्फ पूर्व सभामुख ओनसरी घर्ती उम्मेदवार हुनुहुन्छ । यस्तै प्रदेशसभातर्फ भरतप्रसाद फुयाल र धु्रव केसी उम्मेदवार हुनुहुन्छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत शीर्ष नेताको उपस्थितीमा उक्त निर्वाचन परिचालन समिति गठन गरिएको हो ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।