अन्तर्राष्ट्रिय बेलबारी बुद्ध एयर फुटबल प्रतियोगिता विजेतालाई आठ लाख पुरस्कार

मोरङ, २ कात्तिक । मोरङको बेलबारीमा रहेको डाँगीहाट युथ क्लबले स्थानीयस्तरमा खेलकुद र खेलाडीलाई प्रवद्र्धन गर्न तथा लागुपदार्थ दुव्र्यसनविरुद्ध जनचेतना जागृत गराउन अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

क्लबद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही कात्तिक १५ गतेदेखि २३ गतेसम्म ‘पाँचौँ बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय फुटबल’ प्रतियोगिता लक्ष्मी माविको खेल मैदान बेलबारीमा गर्ने जानकारी दिइयो । प्रतियोगितामा नेपाल र भारतका गरी १० टिमको सहभागिता हुने क्लबका अध्यक्ष विक्रम राईले बताउनुभयो ।

सशस्त्र प्रहरी बल, युनाइटेड ब्रदर्स कालिम्पोङ भारत, एभिनियर फुटबल क्लब क्यामरुन (अफ्रिका), आमुक्त परिवार पश्चिम बङ्गाल भारत, रोलिङ एफसी झापा, पेम्बा युथ क्लब विराटनगर, डाँगीहाट युथ क्लब मोरङ बेलबारी, सहारा क्लब पोखरा, सहलेस युथ क्लब सिरहा र राजारानी फुटबल क्लब धनकुटा टिमको प्रतियोगितामा सहभागिता रहने छ ।

प्रतियोगितामा विजेता हुने टिमलाई रु आठ लाख एक हजार, उपविजेता टिमलाई रु चार लाख एक हजारका साथै सर्वोत्कृष्ट खेलाडीलाई रु २५ हजार, उत्कृष्ट गोलकिपरलाई रु १५ हजार र विभिन्न विधामा उत्कृष्ट हुने खेलाडी र प्रशिक्षकलाई पुरस्कारको व्यवस्था गरिएको क्लबका प्रवक्ता नरेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

प्रतिगिताबाट रु ६१ लाख ९० हजार आम्दानी तथा रु ५२ लाख ६१ खर्च हुने अनुमान आयोजकले गरेको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।