फूल नफुलेपछि धनकुटाका किसान समस्यामा

धनकुटा,४ कार्तिक । तिहारलाई लक्षित गरेर लगाइएको फूल खेती नफुले पछि धनकुटाका किसान समस्यामा परेका छन् ।

धनकुटा नगरपालिका सहित जिल्लाका अन्य स्थानमा किसानले लगाएको सयपत्री फूल नफुले पछि किसान समस्यामा परेका हुन् । मखमली फूल अलि फुले पनि सयपत्री फूल भने राम्रो संग फक्रिएकै छैन ।

व्यावसायिक फूल खेती गरेका अधिकांस किसानको करिब ४० प्रतिशत मात्र फक्रेर फुलेको छ भने ६० प्रतिशत फूल कोपिलाबाट भर्खर फक्रन सुरु गर्दैछ ।

यो पनि

यो पनि पढ्नुहोस् …
राष्ट्रिय परिचयपत्र लिन प्रशासनमा सेवाग्राहीको चाप
बर्दिया,४ कात्तिक (रासस) :राष्ट्रिय परिचयपत्र अनिवार्य भएपछि जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेको छ । बिहान सात बजेदेखि नै सेवाग्राही जिल्ला प्रशासन कार्यलयको गेटमा सेवा लिन पुगिसकेका हुन्छन् ।

प्रशासनमा सेवाग्राहीको चाप बढेको भदौ मसान्तसम्म एक लाख ९८ हजार तीन सय ५२ जनाले परिचयपत्र पाइसकेको सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेले जानकारी दिनुभयो ।

एक दिनमा एक सय ५० भन्दा बढीको परिचयपत्र बनाइदिने हो भने भिडभाड कम हुने र सेवाग्राहीलाई पनि सुविधा मिल्ने मधुवन नगरपालिकाका सुमन थारुले बताउनुभयो । एक दिनमा एक सयको कोटा भए पनि सेवाग्राहीको चाप अत्यधिक हुने भएकाले एक सय २० जनासम्मको विवरण लिने गरेको बताउँदै अझै सेवा बिस्तार गर्ने सेवा लिन आएकालाई सकेसम्म सेवा दिनेसहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो ।

कसगरको पुख्र्यौंली व्यवसायमा कमी

चाडपर्व तथा समाजिक संस्कारका बेला प्रयोग हुने विद्युतीय झिलमिलीले कसगर जातिको पुख्र्यौंली व्यवसायमा कमी आउन थालेको छ । वर्षोंदेखि माटोका सामाग्री निर्माण गरी बिक्रीबाट जीवन धान्दै आएको कसगरको कुमाले पेशा आधुनिक समयमा आएको विभिन्न किसिमका झिलीमिलीको बढ्दो प्रयोगले माटोका समाग्रीको बिक्रीमा कमि आएको हो ।

खासगरी दिपावली, छठ तथा विभिन्न चाडपर्वका बेला घरलाई उज्यालो बनाउन माटोकै विभिन्न सामग्री दियो, पालो, गाग्रोको प्रयोग गर्ने संस्कार बस्दै आएको तर पछिल्लो समय रेडिमेड बत्ती तथा प्लास्टिक, स्टिलका भाँडाकुँडाको बढ्दो आकर्षण तथा प्रयोगले व्यवसायमा निकै कमी आएको गुलरिया नगरपालिकाका जाकिर कसगरले बताउनुभयो ।

गुलरिया नगरपालिका– ८ स्थित बस्दै आएका कसगर वर्षौंदेखिको पु¥ख्र्यौंली पेशा युवालेसमेत अँगाल्दै आएका छन् । विगतमा नदी क्षेत्रबाट माटो सित्तैमा ल्याउने गरेका तर अहिले गुलरिया, मधुवन, बढैयताल गाउँपालिकालगायत स्थानबाट माटो खरिद गर्दै आएको जाकिरले गुनासो गर्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।