मकैबाट मनग्य आम्दानी

बलेवा, ७ कात्तिक । बागलुङको बडिगाड–१ की जमुना श्रीषले १० रोपनी बारीमा उन्नत जातको मकै लाउने गर्नुहुन्छ । उहाँको यस वर्ष घरमा खान पुगेर दुइचार क्विन्टल जोगाउने योजना छ ।

यहाँकैै गनबहादुर सुनारले चार हलको मेलोमा मकै लगाउन थालेको बताउनुभयो । मनकामना जातको मकैबाट यो वर्ष खान पुगेर तीनचार मुरी सङ्कलन केन्द्रमा पठाउने लक्ष्य उहाँले बनाउनुभएको छ । दगातुम्डाँडा कृषि सहकारी संस्थामार्फत किसानलाई उन्नत बीउ वितरण भएको थियो । उक्त बीउबाट उत्पादित मकै सहकारीमार्फत बेचेर किसानलाई आम्दानी दिने योजना सहकारीका अध्यक्ष भीमसेन वनले जानकारी दिनुभयो ।

यसरी जोगाएको मकै गाउँमा बनेको भण्डारन केन्द्रमा सङ्कलन गर्न थालिएको छ । भण्डारन केन्द्रमा राखेर बजार पठाउने गरी यो वर्ष यहाँ भवन बनेको छ । मकै बजारमा बीउको रुपमा बिक्री गर्ने लक्ष्यले भवन निर्माण बनाइएको हो । किसानले नगदै सङ्कलन गरेर रु छ लाख पु¥याएपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले रु ३० लाख लगानी गरेको हो । स्थानीयले खोजेको दुई रोपनी दुई आना जमिनमा परियोजनाको रु ३० लाख बजेट विनियोजन भएपछि भन्डारन केन्द्र बनाइएको वनले बताए । उक्त भण्डारन केन्द्रमा २२ टन मकैको बीउ सुरक्षित गर्न सकिने व्यवस्था छ । दगातुम्डाँडा कृषि सहकारी संस्थाका दुई सय बढी किसानले व्यावसायिकरुपमा मकैखेती गर्दै आएका छन् ।

सामूहिक भण्डारन गर्ने, बीउ लगाउने र बेच्ने योजनासमेत बनाएपछि भवन ठडिएको सहकारीका सदस्य रेमबहादुर भुजेलले बताउनुभयो । “भवन आधुनिक र मुसाबाट बचाउने गरी बनेको छ, त्यसैले यो वर्ष मकै जोगिने भयो”, भुजेलले भन्नुभयोे, “अर्को वर्ष दोब्बर उत्पादनसमेत गर्ने योजना छ ।” किसानले मनकामना तीन जातको मकै लगाएको उहाँले बताउनुभयो ।

यो वडा समुद्री सतहदेखि एक हजार दुई सयदेखि दुई हजार मिटरसम्मको उचाइमा छ । त्यसैले मकैको उत्पादन अत्यधिक हुने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताउनुभयो । भवनसँगै यहाँ कृषिउपज बिक्री केन्द्र पनि बनाइएको छ । गाउँपालिका, ज्ञानकेन्द्र र स्थानीयको श्रमदानसमेत गरी रु १५ लाखको लागतमा बिक्री केन्द्र बनेको हो । यो केन्द्रबाट स्थानीयरुपमा बिक्री गर्ने र धेरै उत्पादन हुँदा अर्डरअनुसार ढुवानी गरेर पठाउने योजना वनले सुनाउनुभयो ।

उत्पादन बढाउन यो वर्षदेखि यहाँका किसानले देउती र शीतला जातको मकै पनि ल्याएका छन् । दगा, तुम्डाँडा, गहते, सिमलचौरलगायतका बस्तीमा पनि मकै खेती विस्तार गरिएको छ । गत वर्ष गलकोट नगरपालिकाले खरिद गर्न विनियोजन गरेको बजेट बीउ नपाएर फ्रिज भएपछि यहाँका किसानले मकै संरक्षण थालेका हुन् । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।