आकाशिँदो मूल्यले हिमाली जिल्लाका उपभोक्ता मर्कामा

कर्णाली, ९ कात्तिक । असोज तेस्रो साता आएको अविरल वर्षापछिको बाढी र पहिराले लामो समयसम्म सडक बन्द हुँदा हिमाली जिल्लाको बजार मूल्य आकाशिएको छ ।

सडक अवरुद्ध भएको २० दिनपछि मात्र कात्तिक ८ गते मङ्गलबार कर्णाली राजमार्ग खुलेको छ । राजमार्ग त खुलेको छ तर सबै सवारी साधन सहजै आवतजावत हुन सकेका छैनन् । सडकको अवस्था अत्यन्तै जोखिमपूर्ण रहेकाले आवश्यक उपभोग्य समानको आयात सहज बन्न सकेको छैन । अवरुद्ध राजमार्गलाई देखाएर मनोमानी तरिकाले बढाइएको उपभोग्य वस्तुको मूल्य व्यापारीले कायमै राख्दा उपभोक्ता मर्कामा परेका छन् ।

उपभोक्ता चामल, दाल, तेल, चिनी, मैदालगायत वस्तु महँगोमा मूल्य किन्न बाध्य छन् । सडक अवरुद्ध हुनुअघि प्रतिकिलो रु ७० मा पर्ने मैदा यतिबेला प्रतिकिलो रु १६० मा बिक्री हुँदै छ । सेल रोटी हाल्नका लागि तिहारको मुखमा प्रतिकिलो रु १६० हालेर पनि मैदा किन्न नपाइएको जुम्लाको चन्दननाथ नगरपालिका–७ की सम्झना महतले जानकारी दिनुभयो ।

“खाना पकाउने ग्यासको मूल्य रु तीन हजार पुगेको छ भने खाने तेल प्रतिपोका रु १६० पु¥याइएको छ”, उहाँले भन्नुभयो, “बजारमा उपभोग्य वस्तु छोइसक्नु अवस्थाका छैनन् । पहिले रु ५० पर्ने माला अहिले रु २०० पर्छ ।” मूल्य तेब्बरले बढेको उहाँले बताउनुभयो ।

हिजोका दिनमा खसीको मासु विस्थापित गरेको ब्रोइलर कुखुरा हिमाली जिल्लामा पाउन छोडेको छ । खसीको मूल्य आकाशिँदो छ । ब्रोइलर कुखुराको मासु पाइँदासम्म प्रतिकिलो रु एक हजारसम्म पर्ने खसीको मासु सडक अवरुद्ध भएसँगै अहिले रु एक हजार ३०० सम्म पुगेको उपभोक्ता जयशङ्कर धितालले बनाउनुभयो ।

उहाँले भन्नुभयो, “बजारमा सामान अभाव भएर व्यापारी होइन, उपभोक्तालाई ठूलो मर्का परेको छ । व्यापारीले विपद्का कारण अवरुद्ध कर्णाली राजमार्गलाई माध्यम बनाएर रातारात कमाउने अवसर लिइरहेका छन् । बजारमा कृत्रिम अभाव देखाएर कालाबजारी गर्ने व्यापारीलाई स्थानीय प्रशासनले कारबाही गर्नुपर्दछ ।”

सवारी साधनमा प्रयोग हुने डिजेल र पेट्रोल अभाव भएको भन्दै गाडी सञ्चालकले रु २०–२५ प्रतिशत भाडा बढाएका छन् । प्रतिकिलो रु ५० पर्ने तरकारी बढेर रु १०० पुगेको छ । मसलाजन्य सबै वस्तुको मूल्य पनि दोब्बरले बढेको उपभोक्ताले बताएका छन् । यो समस्या कर्णालीका हुम्ला, डोल्पा, मुगु, जुम्लालगायत जिल्लामा बढी छ ।

जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले कर्णाली राजमार्ग खुलिसकेकाले अब बजार पहिलेकै अवस्थामा आउने जानकारी दिनुभयो । उहाँका अनुसार भर्खरै गरेको बजार अनुगमन तथा निरीक्षणका क्रममा म्याद गुज्रेका सामान बरामद गरी नष्ट गरिएको बताउनुभयो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।