भन्सार प्रहरीको ज्यादतीको आरोप

कलैया, १२ कात्तिक । भन्सारबाट लिएको प्रवेश प्रमाणपत्र च्यातेर बारा प्रहरीले ज्यादती गर्ने गरेका आरोप लगाइएको छ । जाँचका नाउँमा प्रहरी युनिट अगाडि नै बाटो जाम गरी ठाउँठाउँमा दैनिक जाँचको नाउँमा सवारीसाधनलाई रोकेर प्रहरीले दुःख दिने गरेको पीडितहरुको गुनासो छ ।

जिल्लाका विभिन्न ठाउँमा रहेका प्रहरी पोष्टहरुले अहिले दैनिक जाँच गर्ने गरेका तथा लामो समयसम्म सवारी साधन रोकेर रकम असुल्ने गरेको पीडितहरुले आरोप लगाएका छन् । भारतबाट मटिअर्वा छोटी भन्सारबाट नेपाल आएका बिआर०५–एई–८५५९द्यच्ण्छ–ब्भ्–डछछढ नंको मोटरसाइकलधनीलाई तेलकुअवा प्रहरी चौकीले जाँच गर्दा भन्सारको ‘इन्ट्री’ कागजात च्यातेर फालेको भारत विहार राज्यका डुबहा पञ्चायत दारपा थाना बगही गाउँ निवासी सुबोध कुमार सरार्फले बताउनुभयो ।

उक्त कागज किन च्यातेको भनी सोध्दा तिमीलाई पनि थुनामा राख्ने जवाफ दिएपछि आफू निराश भएको र जाँचमा खटेका तेलकुअवा प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिई जिल्लामा पठाएको उहाँले भन्नुभयो ।

आफूले कुनै कागज नच्यातेको तर मोटरसाइकलको कागज नभएका कारण जिल्लामा पठाएको त्यहाँका प्रहरी सहायक निरीक्षक रामबहादुर यादवले जानकारी दिनुभयोे ।

कागजपत्र ठीक भए पनि जाँचमा खटेका प्रहरीले रकम असुली कार्यमा लागेको जिल्ला पूर्वीचम्पारण आदापुर औरैया निवासी नैमुदिन आलमको पनि गुनसो थियो । आफूले प्रहरीले बोलेअनुसारको जवाफ दिएकाले बलतल्ल प्रहरीले छोडेको उहाँको भनाइ थियो ।

यसैगरी जाँचका क्रममा खटेका प्रहरीले दुई दिनअघि मात्र कागजपत्र ठीक भएपछि बिहानको यात्राका लागि बोहनी गराई दिनुस् भनी अनुरोध आएपछि रु ३० दिनु परेको महागढीमाई नगरपालिका–४ का दिनेश तिवारीले बताउनुुभयो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।