सोल्मा विपद व्यवस्थापन कोषको मुलधन चार लाख ६१ हजार

खोटाङ, १२ कात्तिक । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित सोल्मा विपद व्यवस्थापन कोषको मुलधन साढे चार लाख नाघेको छ । २०७५ सालमा देउसी खेलेर जम्मा भएको ४२ हजार रुपैयाँबाट स्थापना गरिएको कोषको मुलधन चार लाख ६१ हजार ३२५ रुपैयाँ पुगेको हो । तीन लाख ५० हजार मुलधन रहेको कोषमा यसपल्ट खेलिएको देउसीबाट एक लाख ११ हजार ३२५ रुपैयाँ रकम थप हुँदा मुलधन चार लाख ६१ हजार ३२५ रुपैयाँ पुगेको हो ।

प्राकृतिक तथा दैवी विपत्तीमा परेका वडाबासीको सहयोगार्थ सोल्मा विपद व्यवस्थापन कोष खडा गरिएको वडाध्यक्ष एबं कोष सञ्चालक समितिका अध्यक्ष ध्रुवविक्रम राईले बताए ।

आगलागी, बाढी पहिरो, चट्याङ, भूकम्प जस्ता प्राकृतिक प्रकोप एबं मुटु, मिर्गौला, क्यान्सर जस्ता दिर्घरोगबाट पिडित भएर समस्यामा परेका स्थानीयलाई कोषमार्फत सहयोग गर्ने गरिएको छ । देउसीको दानबाट सुरु गरिएको कोषलाई बृद्धि गर्दै ५० लाख पुर्‍याएर सो को व्याजबाट प्रकोप पिडितलाई सहयोग गर्ने लक्ष्य राखिएको छ ।

हालसम्म प्राकृतिक तथा दैवी विपत्तीमा परेका अशक्तलाई एक लाख ७० हजार सहयोग गरिसकिएको कोष सञ्चालक समितिले जनाएको छ । यसपल्ट एक दिन खेलेको देउसीबाट कोषको मुलधन साढे चार लाख नाघेको हो । आगामी वर्ष दुई दिन देउसी कार्यक्रम आयोजना गर्नुपर्ने आवश्यकता महसुस भएको वडाध्यक्ष एबं सञ्चालक समितिका अध्यक्ष राईले बताए ।

दुबै मिर्गौला फेल भएका स्थानीय राजकुमार राईलाई १० हजार, आगलागी पिडित कर्मबहादुर राईलाई ५ हजार र मिर्गौला रोगी ध्रुवबहिनी राईलाई ३ हजार प्रदान गर्दै विपद व्यवस्थापन कोष स्थापना गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।