खोटाङमा बाल शिक्षा तथा प्राथमिक शिक्षणसम्बन्धी कार्यशाला गोष्ठी

खोटाङ, १३ कात्तिक । बौद्धिक समूह नेपाल (आइसिएन) ले खोटाङको हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मीटारमा बाल शिक्षा तथा प्राथमिक शिक्षणसम्बन्धी तीन दिने कार्यशाला गोष्ठी सुरु गरेको छ । च्यास्मिटारभित्रका बाल शिक्षा तथा प्राथमिक तहका विद्यालयका प्रधानाध्यापक तथा शिक्षकलाई सहभागी गराएर शनिबारदेखि अंग्रेजी र नेपाली फोनिक्स शिक्षणसम्वन्धी कार्यशाला गोष्ठी सुरु गरिएको हो ।

बाल शिक्षा तथा प्राथमिक तहमा अंग्रेजी र नेपाली फोनिक्स शिक्षणसम्वन्धी दक्षता विकासमा सघाउ पुर्‍याउन कार्याशाला गोष्ठी आयोजना गरिएको बौद्धिक समूह नेपालका अध्यक्ष भविन्द्रकुमार राईले बताए ।

च्यास्मिटार माबिमा आयोजना गरिएको कार्यशाला गोष्ठीमा वडाभित्रका बालविकास केन्द्र र प्राथमिक तहका १० विद्यालयका २९ शिक्षक/शिक्षिकाको सहभागिता छ । कार्यशालाको पहिलो दिन अंग्रेजी लेटर्स र ध्वनिका बारेमा जानकारी दिइएको छ । कार्यशाला गोष्ठीमा सहभागी शिक्षक/शिक्षिकालाई स्वतन्त्र शैक्षिक प्रशिक्षक पवित्रा लामाले सहजीकरण गरिरहेकी छन् ।

काठमाडाैंमा २०७५ सालमा स्थापना गरिएको बौद्धिक समूहले २०७८ कात्तिकमा च्यास्मिटारका पूर्वप्राथमिक र प्राथमिक तहका शिक्षक/शिक्षिकाको शिक्षण कला विकासमा सघाउ पुर्‍याउन बाल मनोविज्ञानमा आधारित शिक्षणसम्वन्धी कार्यशाला गरेको थियो । समूहले २०७८ सालमा च्यास्मिटार माविबाट उत्कृष्ट अंक ल्याएर एसइई उत्तीर्ण गर्ने च्यास्मिटार माविका छात्रा जीवना राई र छात्र दिलीप राईलाई कक्षा ११ अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।