मुख्यमन्त्री राईद्वारा छठ पर्वको शुभकामना

विराटनगर । प्रदेश नम्बर एकका मुख्यमन्त्री राजेन्द्र कुमार राईले छठ पर्वको अवसरमा शुभकामना दिनु भएको छ । शुभकामना सन्देशमा भनिएको छ : नेपालको तराई क्षेत्रमा बसोबास गर्ने नेपालीले अति श्रद्धाका साथ सूर्य भगवानको आराधना गरेर मनाउने पवित्र पर्व छठका अवसरमा प्रदेश नं. १ सहित देश, विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

तिहारको समापनसँगै कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अर्घ दिएर छठपर्व मनाइन्छ ।

मुख्यगरी षष्ठी तिथिका दिन मनाइने छठपर्व तराईमा मात्र होइन अहिले हिमाल–पहाड सर्वत्र प्रचलित हुन थालेको छ । सद्भाव अनि भ्रातृत्वको प्रतीक यस पर्वका बेला बडो हर्ष–उल्लासका साथ नदी, तालतलैया, पोखरीको किनारामा श्रृङ्गारिएर तयार पारिएका घाटहरूमा केराका थम्बा, झिलिमिली बत्तीबीच अस्ताउँदो र उदाउँदो दुवै सूर्यको लालीकिरणलाई दूधको अर्घ दिइन्छ ।

छठका लागि भक्तजनहरूले विभिन्न मनोकांक्षा पूर्ण होस् भनेर भाकल राखेका हुन्छन् । त्यहीअनुरुप छठमा प्रसादी चढाउने चलन चलिआएको छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास रहेको छ ।

नेपाल सदियौंदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकका रूपमा रहेको छ । यो कुरालाई नेपालको संविधानले स्वीकारसमेत गरेको छ । त्यतिमात्र होइन यो विविधता नेपाल र नेपालीको पहिचान, गहना र सम्पत्तिसमेत बनिसकेको छ । त्यसैले सबै भाषा, धर्म, संस्कृति, चाडपर्वको संरक्षण एवम् सम्बद्र्धन गर्नु राज्य र सम्पूर्ण नेपालीको साझा दायित्व हो । प्रकृति र सभ्यताको अनुपम उदाहरण छठपर्व समापनका अवसरमा प्रदेश नं. १ सरकारका तर्फबाट थप एक दिन बिदा दिई यस पर्वप्रति सरकारले उच्च सम्मान प्रकट गरेको छ ।

हाम्रा जुनसुकै पर्वहरू राष्ट्रिय एकताको माध्यम बन्न सकोस्, र यी पर्वहरूबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने अपेक्षासहित फेरि पनि संसारभरि फैलिएर रहेका नेपाली दिदीबहिनी, दाजुभाइहरूमा छठपर्वका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।