आजदेखि पाँचौँ बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय गोल्डकप

सुन्दरहरैँचा, १५ कात्तिक । मोरङको बेलबारीमा पाँचौँ बेलबारी बुद्व एयर अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आजदेखि यहाँ सुरु हुँदैछ । डाँगीहाट युथ क्लबका आयोजनामा बेलबारी–११ लक्ष्मीमार्गस्थित लक्ष्मी माविको खेलमैदानमा फुटबल प्रतियोगिता हुने छ । अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता यही कात्तिक २३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विजेता टोलीले नगद रु आठ लाख एक हजार र उपविजेताले चार लाख एक हजार पाउने आयोजकले बताएको छ ।

बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई (डिपी)ले फुटबल प्रतियोगिता बेलबारीवासीको गौरवको विषय भएको बताउनुभयो । प्रतियोगिताले हाम्रो नगर तथा खेलाडीलाई समेत देश तथा विदेशमा परिचित गराउन मद्दत पुयाएको छ । उहाँले भन्नुभयो, “मोफसलबाट सुरू भएर अन्तर्राष्ट्रियस्तरसम्म पुगेको बेलबारी गोल्डकपले खेलक्षेत्रलगायत समाजिक र आर्थिक विकासमा समेत टेवा पुयाएको छ ।”

पाँचाँै बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण स्वर्णकप फुटबल आयोजक समितिका अध्यक्ष विक्रम बान्तवा राईले बेलबारीको पहिचानलाई अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउन बेलबारी गोल्डकप प्रतियोगिता सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

डाँगीहाट युथ क्लबद्वारा आयोजित बेलबारी स्वर्णकपको खेल संयोजक भएर काम गर्न पाउँदा खुसी लागेको खेल संयोजक भाइकुमार गुरूङले बताउनुभयो । यसपटकको प्रतियोगितामा १० राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टोलीले प्रतिस्पर्धा जनाइएको छ ।

गत वर्षको विजेता टोली सशस्त्र प्रहरी बलसहित रोलिङ एफसी झापा, पेम्बा युथ क्लब विराटनगर, डाँगीहाट युथ क्लब आयोजक, सहारा क्लब पोखरा, भारतको पश्चिम बङ्गाल आमुक्त परिवार, सिराहाको सहलेस युथ क्लब एभिनियर फुटबल क्लब क्यामरून, युनाइटेड ब्रदर्श कालिम्पोङ भारत र धनकुटाको राजारानी फुटबल क्लबको प्रतियोगितामा सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताका आर्थिक संयोजक राजेश बस्नेतले स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथमा हुने प्रतियोगितामा रु ५२ लाख खर्च र ६० लाख आम्दानी हुने अनुमान गरिएको बताउनुभयो ।

बेलबारी क्षेत्रको ब्राण्डका रूपमा स्थापित भइसकेको गोल्डकपको संस्करण मोफसलदेखि अन्तर्राष्ट्रियस्तरसम्म परिचित रहेको प्रचार–प्रचार संयोजक नरेन्द्र बस्नेतले दाबी गर्नुभयो । यहाँका युवाले खेलक्षेत्रलाई महत्व दिएर लागुपदार्थ दुव्यर्सनबाट टाढा रहनुपर्छ भन्ने सन्देश तथा जनचेतना प्रवाह गर्न पनि विगतदेखि नै प्रतियोगिता सफल हुँदै गएको उहाँले उल्लेख गर्नुभयो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।