खोटाङमा अंग्रेजी र नेपाली फोनिक्स शिक्षणसम्बन्धी कार्यशाला गोष्ठी

खोटाङ, १५ कात्तिक । बौद्धिक समूह नेपाल (आईसीएन)ले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा बाल शिक्षा तथा प्राथमिक शिक्षणसम्बन्धी तीनदिने कार्याशाला गोष्ठी गरेको छ । च्यास्मिटारभित्रका बाल शिक्षा तथा प्राथमिक तहका विद्यालयका प्रअ तथा शिक्षकलाई सहभागी गराएर अंग्रेजी र नेपाली फोनिक्स शिक्षण सम्वन्धी कार्यशाला गोष्ठी आयोजना गरिएको हो ।

च्यास्मिटार माबिमा आयोजना गरिएको कार्यशाला गोष्ठी सोमबार हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईको उपस्थितिमा समापन गरिएको छ । बाल शिक्षा तथा प्राथमिक तहमा अंग्रेजी र नेपाली फोनिक्स शिक्षण सम्बन्धी दक्षता विकासमा सघाउ पुर्‍याउनका लागि कार्याशाला गोष्ठी आयोजना गरिएको बौद्धिक समुह नेपालका अध्यक्ष भविन्द्रकुमार राईले बताए ।

कार्यशाला गोष्ठीमा वडाभित्रका बालविकास केन्द्र र प्राथमिक तहका १० विद्यालयका ३१ शिक्षक/शिक्षिकाको सहभागीता रहेको थियो । कार्यशाला अवधिभर अंग्रेजी र नेपाली ध्वनि र सोको शिक्षण विधिका बारेमा जानकारी दिइएको छ ।

नरैनापुरवासी निर्वाचनभन्दा खाद्यान्न जोहोको चिन्तामा
राँझा, १५ कात्तिक (रासस)ःआगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन नजिकिए पनि बाँकेकोे नरैनापुरवासीमा चुनावी रौनक आउन सकेको छैन । बर्सादमा धान रोप्ने बेला लामो समय खडेरी भएपछि धान रोप्न नपाएका नरैनापुरवासीको यतिबेला भकारी रित्तिएको छ । खेतबारी पनि बाँभैm रहेको छ । अलि अलि रोपेको धान पनि असोजको अन्तिम साता आएको बर्सादले डुबाएको छ ।

धानको बीउ रोप्ने समय असार, साउन र भदौ तीन महिना खडेरी परेको नरैनापुरमा असोजमा आएको बेमौसमी बर्सादले अधिकांश क्षेत्र डुबान गरेको थियो । नरैनापुरवासी आम निर्वाचनभन्दा पनि खाद्यान्न जोहोको चिन्तामा छन् । “पानी पर्ने बेला नपरेर धान रोप्न पाइएन अलि अलि भएको पनि डुबान भएर स्याहार्न पाइएन”, नरैनापुर–६ निवासी सोहनलाल यादवले भन्नुभयो, “खडेरी र डुबानले पीडित नरैनापुरवासीलाई यतिबेला चुनावभन्दा पनि खाद्यान्न जोहो गर्नेमा चिन्ता छ ।”

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि यस क्षेत्रबाट विभिन्न पार्टीका तर्फबाट उम्मेदवार बनेका नेता तथा कार्यकर्ता नरैनापुरमा जाने गरे पनि स्थानीयले चुनावप्रति त्यति धेरै चासो नदिएको उहाँको भनाइ छ ।

नरैनापुर गाउँपालिका–१ कटकुइँया निवासी प्रमोद मिश्राले सुक्खाग्रस्त नरैनापुरमा खाद्यान्नको व्यवस्था र सिँचाइ तथा डुबानमुक्त गराउने नेतालाई भोट दिने बताउनुभयो । खडेरी र बाढीको डुबानमा परेका नरैनापुरवासीको समस्या दीर्घकालीन रुपमा समाधान गर्ने योजनासाथ अगाडि बढेका नेकपा एमालेबाट बाँके क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य उम्मेदवार सूर्य ढकालले बताउनुभयो ।

बाँके क्षेत्र नं १ प्रदेश (१) मा पर्ने नरैनापुरमा सत्ता गठबन्धनबाट नेकपा माआवादी केन्द्रका नेता तथा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज उम्मेदवार रहनुभएको छ । यो गठबन्धनबाट प्रदेशसभा सदस्यमा माओवादीकी कृष्णा केसी उम्मेदवार हुनुहुन्छ भने एमाले राप्रपा तालमेलबाट राप्रपाका नरेन्द्र पौडेल र जनता समाजवादी पार्टीबाट अमर खड्का उम्मेदवार रहनुभएको छ ।

समयमा पानी नपरेपछि धानबाली लगाउन नपाएर समस्या झेल्दै आएका नरैनापुरवासीलाई दैनिक छाक टार्न समस्या भएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो । धान रोप्ने समयमा लामो खडेरी भएका कारण धान रोप्न नपाएपछि नरैनापुर गाउँपालिकालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गर्न गाउँपालिकाले माग गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।