फरार प्रतिवादी पक्राउ

बिराटनगर, कार्तिक १५ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) बाट खटिएको प्रहरी टोलीले पशुपक्षीं सम्बन्धि कसूर मुद्धाका फरार प्रतिवादी ३ जनालाई पक्राउ गरेको छ ।

सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७७।११।१८ गतेको फैसला आदेशले जनही १ महिना २५ दिन कैद भई असुल गर्न बाँकी रहेका प्रतिवादी धरान उप-महानगरपालिका-३ सुनसरीका ३१ बर्षीय अनिश शाही, ३२ बर्षीय राजेश खड्गी र २८ बर्षीय आशिष खड्गीलाई गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई कैद भुक्तानको लागि आजै सुनसरीको झुम्का कारागार पठाइएको छ ।

यो पनि…
लुम्बिनीमा अन्तर्राष्ट्रिय कराँते सेमिनारको तयारी
बेलहिया (रुपन्देही), १५ कात्तिक (रासस) ःबुद्धजन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय कराँते सेमिनार हुने भएको छ । जापान गोजुरियो कराँते डो मिसन सङ्घ नेपालको आयोजनामा लुम्बिनीमा आयोजना हुने सेमिनारमा देशभरिका प्रशिक्षक तथा खेलाडीको सहभागिता रहने आयोजकले जानकारी दिएका छन् ।

सेमिनारमा कराँते खेलका ख्याती प्राप्त प्रशिक्षकसमेत रहनुभएका जापान गोजुरियो कराँते डो मिसन सङ्घका संस्थापक केन्सी हिदियो वातानावे नाइन डनकोसमेत उपस्थिीति रहने आयोजक संस्था जापान गोजुरियो कराँते डो मिसन सङ्घ नेपालका संस्थापक अध्यक्ष केबी रानाले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय सेमिनारबारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै संस्थापक अध्यक्ष रानाले भन्नुभयो, “विश्वमै प्रख्यात कराँतेका मास्टर वातानावे लुम्बिनी आउँदै हुनुहुन्छ । उहाँले त्यहाँ पाँच दिन सम्म सेमिनारमा सहभागीलाई कराँते खेलको कौशल र ज्ञान सिकाउनुहुनेछ ।”

पत्रकार सम्मेलनमा कराँतेका मुख्य सल्लाहकार भरतबहादुर केसीले अन्तर्राष्ट्रिय खेलकुद जगतमा नाम कमाउन सफल बुबिसिमा मास्टर गरेका मास्टर केन्सी हिदियो वातानावेको उस्थतिले नेपालका सबै कराँते खेलाडी उत्साहित र गौरावान्वित बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, “मास्टर वातानावेको उपस्थितिले नेपाली खेलाडी र खेलप्रति अझै उत्साह र उमङ्ग थप्ने छ । यसैले यसलाई सबैले सफल पार्न जरुरी छ ।”

कात्तिक १८ गते नेपाल आउने मास्टर हिदियो वातानावे कात्तिक २० देखि २५ गतेसम्म लुम्बिनीमा हुने सेमिनारमा सहभागी हुनुहुनेछ । कोटिहवाको मगर भवनमा ओपनिङ सेरोमोनि हुने र अन्य कार्यक्रम लुम्बिनीमा हुनेगरी तयारी गरिएको छ । जापान गोजुरियो कराँते डो सङ्घ नेपालको आयोजना हुने उक्त कार्यक्रमलाई सफल पार्न सबैको सहयोग र साथको अपेक्षासमेत गरेका जिल्ला अध्यक्ष उमेश लाटोमगरले बताउनुभयो ।

नेपालमा जापान गोजुरियो सन् २००४ मा स्थापना भएको र हाल यस मातहत नेपालभर ३० डोजो र भारतमा १५ रहेका छन् । भारतको पश्चिम बङ्गालमा सम्पन्न स्पोर्टस फेस्टिभल २०२२ इन्टरनेस्नल कराँते च्याम्पियनसीप अर्वाड, सन् २०१४ पुनामा वल्र्ड च्यापियिनसीप, सन् २०१७ मा दिल्लीमा च्याम्पीयनसीप, सन् २०२१ म पटनामा इन्टरनेशनल च्याम्पियनसिप, सन् २०२० मा कोलकतामा इन्टरनेश्नल च्याम्पियनसीप अर्वाडसमेत जितेको गौरवमय इतिहास रहेको जापान गोजुरियो कराँते डो मिसन सङ्घको संयोजनमा हुने राष्ट्रिय कराँते सेमिनारले विश्व जगतमा नयाँ सन्देश दिने विश्वास आयोजकले व्यक्त गरेका छन् ।

बुद्ध र कराँतेबीचको सम्बन्ध पनि ऐतिहासिक रहेको हँुदा उक्त सेमिनार पनि बुद्धजन्मस्थल लुम्बिनीमै आयोजना गरिएको कराँतेका पूर्व राष्ट्रिय खेलाडीसमेत रहेका केसीले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।