जुम्लामा सेनाको हेलिकोप्टरमार्फत् मतपत्र ल्याइँदै

दिलमाया शाही /जुम्ला, १७ कात्तिक । जुम्लामा नेपाली सेनाको हेलिकोप्टरमार्फत् मतपत्र ल्याउन थालिएको छ । जुम्लाका लागि निर्वाचन आयोगले हेलिकोप्टरबाट मतपत्र सुर्खेतबाट जुम्ला ओसार्न थालेको हो ।

सेना नन्दबक्सगणका गणपति रविन थापाका अनुसार बुधबार २ पटक सेनाको हेलिकोप्टरले मतपत्र ल्याइएको छ । कर्णाली राजमार्गबाट ठूला गाडी आउन नसकेकाले मतपत्र हेलिकोप्टरमार्फत् ल्याउन थालिएको हो ।

काठमाडौंबाट सुर्खेत गाडीमा मतपत्र पुगेको हो भने त्यहाँबाट जुम्ला ओसार्ने काम हेलिकोप्टरमार्फत् भइरहेको छ ।

स्थानीय तहको निर्वाचनमा ट्रकमार्फत् मतपत्र ल्याइएको थियो ।

जुम्लाका मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमका अनुसार सुर्खेतबाट हेलिकोप्टरमा समानुपातिक तर्फको एक लाख ५१ हजार मतपत्र जुम्ला आइपुगेको छ । उनले प्रतिनिधिसभा समानुपातिकतर्फ ७७ हजार र प्रदेशसभा समानुपातिक तर्फ ७४ हजार मतपत्र जुम्ला ल्याइएको । अब समानुपातिकको चार हजार मतपत्र आउन बाँकी छ । उनका अनुसार बाँकी मतपत्र बिहिबार ल्याइने छ ।

जुम्लामा प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि ७६ हजार मतपत्र र प्रदेशसभा ‘क’ का लागि आवश्यक ४१ हजार तथा प्रदेशसभा ‘ख’ का लागि ३६ हजार मतपत्र माग गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।