शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न गराउन सरकार प्रतिबद्ध : मन्त्री कार्की

इटहरी । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

बिहीबार प्रदेश कमान्ड पोष्टले इटहरीमा आयोजना गरेको निर्वाचन विशेष सुरक्षा योजना सम्बन्धित बैठकमा मन्त्री कार्कीले यस्तो बताउनुभएको हो । आवधिक निर्वाचन कसैको जित हार भन्दा पनि लोकतन्त्रको जीतका रूपमा हुने बताउँदै मन्त्री कार्कीले लोकतन्त्रलाई विजयी बनाउनका लागि सुरक्षा निकायका प्रतिनिधिलाई निर्देशन दिनुभयो ।

‘यो कसैको जित हारको कुरा हुँदैन । आवधिक निर्वाचनले लोकतन्त्रलाई विजयी गराउँदछ । उहाँले भन्नुभयो, जनताले शान्तिपूर्ण ढङ्गले मतदान गर्न पाउने वातावरण बनाउनुपर्छ ।’ मन्त्री कार्कीले प्रदेशका संवेदनशील क्षेत्रहरूमा विशेष निगरानी बढाउन निर्देशन दिँदै भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनेमा विश्वास व्यक्त गर्नुभएको छ ।

बैठकमा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिले प्रदेशको सुरक्षा स्थिति तथा योजनाका बारेमा ब्रिफिङ गराएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।