उदययपुरको कटारी नगरपालिका- १० सोरुङछबिसेका मतदाताले दिए निर्वाचन बहिष्कार गर्ने चेतावनी

उदयपुर, १८ कात्तिक । उदययपुरको कटारी नगरपालिका- १० सोरुङछबिसेका मतदाताले निर्वाचन बहिष्कार गर्ने चेतावनी दिएका छन् । गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सोरुङछबिसे मतदान केन्द्रमा प्रहरीको गोली लागी एक युवकको ज्यान गएको थियो । गोली प्रहारबाट युवकको ज्यान गएपछि भएको सहमतिअनुरुप काम नभएको भन्दै स्थानीयले मतदान बहिष्कार गर्ने चेतावनी दिएका हुन्।

स्थानीय सोरुङछबिसे माध्यामिक विद्यालयको प्रांगणमा मतदान सकिनै लागेको बेला दिउँसो ४ बजे सुरक्षाकर्मीको गोलीले एक स्थानीय युवाको ज्यान गएको थियो भने अर्का स्थानीय घाइते भए । स्थानीयवासीले आन्दोलन गरे, घाइतेलाई उपचारार्थ अस्पताल पठाए र निर्वाचन पुनः गराउने माग गर्दै तीन दिनसम्म बाकस निकाल्न दिएनन् ।

खसेको मतपत्र सिल गरिरहेकै बेला भएको गोली प्रहारबाट वडाध्यक्षका उम्मेदवारकै भतिजको ज्यान गएपछि मतदानस्थल केही घण्टा तनावग्रस्त भयो । सुरक्षाकर्मीहरूले मतपत्र खसेको बाकस सुरक्षित गरे र हवाई फायर गर्दै तनाव व्यवस्थपन गरे तर मृतक र घाइते परिवार तथा आफन्तलगायत स्थानीयबासीले आन्दोलन जारी राख्दै विभिन्न माग अघि सारे ।

निर्वाचनमा खटेका प्रहरीको गोली लागेर १८ वर्षीय वीरबहादुर कटुवालको ज्यान गएको थियो भने अर्का स्थानीय १४ वर्षीय बालक मोहन श्रेष्ठ घाइते भएका थिए । स्थानीय तह चुनाव सकिएको ६ महिना बित्न लाग्दासमेत आगामी ४ मंसिरमा हुन गइरहेको प्रदेश तथा प्रतिनिधिसभा चुनावमा सो घट्नाको स्मरण ताजा भएर आउन लागेको मात्र छैन, चुनाव कसरी सम्पन्न गर्ने भन्ने विषयले नै अधिकारीहरुको टाउको दुखाइ रहेको छ ।

मृतक र घाइते परिवारले अहिलेसम्म क्षतिपूर्ति नपाउनुका साथै राज्यले गम्भीर भएर नसोचेकाे आरोप लगाउँदै निर्वाचन बहिष्कारको चेतावनी दिएका छन् । केही दिनअघि वडा नम्बर १० का वडाध्यक्ष क्षेत्रबहादुर खड्का, वडा सदस्यहरू, स्थानीय राजनीतिक दलका प्रतिनिधि, गाउँका अगुवा नागरिक समाजलगायतको साझा बैठकले ३० वैशाखकाे घट्नाबारे राज्य गम्भीर नभएको तथा पीडित परिवार र स्थानीयको मागउपर चासो नदिएको निष्कर्ष निकाल्दै माग पूरा नभएसम्म निर्वाचन हुन नदिने अडान लिएको छ । मृतक र पीडित परिवारलाई मागबमोजिम क्षतिपूर्ति र जिम्मेवारी नलिएसम्म मतदान बहिष्कार गर्ने भन्दै त्यसका लागि आवश्यक तयारीमा स्थानीयवासी लाग्ने पनि बैठकको निर्णय भएको छ ।

नेपाली कांग्रेस सोरुङका वडा सभापति बलबहादुर खत्रीले पीडित पक्षको माग पूरा नगरेसम्म निर्चवान हुन नदिने कुरामा प्रमुख प्रतिपक्षी दल एमालेदेखि सत्ता गठबन्धनमा सामेल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र बिप्लव नेतृत्वको नेकपासम्मका स्थानीय नेता कार्यकर्ता एकमत रहेको बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।