दिक्तेलमा सडक ढलान कार्यले पायो तीव्रता

खोटाङ, १९ कात्तिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१को दिक्तेलस्थित जिल्ला निर्वाचन कार्यालय अगाडिको सडकमा ढलानको काम तीव्र गतिमा भइरहेको छ । उपभोक्ता समितिको १५ प्रतिशत श्रमदान रहने गरी नगरपालिकाले विनियोजन गरेको रु ५६ लाख ६४ हजारको लागतमा ढलान सुरु गरिएको हो ।

आगामी पुस ३० गतेभित्र सम्पन्न गर्ने गरी गत असोजमा सम्झौता भएको सडक ढलानको काम ६० प्रतिशत सम्पन्न भइसकेको निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रकाश थापाले बताउनुभयो । सोही रकमले अल्छेढुङ्गाबाट अस्पतालसम्मको सडकमा बिग्रिएको ठाउँमा सोलिङ पनि गर्नुपर्ने जनाइएको छ ।

यस्तै सोही रकमले लोकसेवा कार्यालय अगाडिबाट जनता समाजवादी पार्टीको कार्यालय हुँदै नेपाली कांग्रेसको पार्टी कार्यालय अगाडिसम्मको सडकमा ट्र्याक खोलिने, हेलिप्याडसम्म सडक पु¥याउने सम्झौतामा उल्लेख छ ।

ढलान भइरहेको सडक अनुगमनका क्रममा गुणस्तरीय रहेको वडा नं १ का वडाध्यक्ष नवराज राईले बताउनुभयो । तीव्र गतिमा ढलान भइरहेको उक्त सडक तोकिएको समयभन्दा अगाडि नै सम्पन्न हुने उपभोक्ता समितिले जनाएको छ ।

दिक्तेल बजारको बीचमा पर्ने सडक ढलान भइरहेकाले उक्त सडकमा सवारी साधन आवतजावत बन्द छ । मुख्य सडक बन्द भएपछि जिल्ला प्रशासन कार्यालय, नगरपालिकाको कार्यालयलगायत सरकारी कार्यालय आवतजावत गर्न लोकसेवा अगाडिको सडक प्रयोग हुँदै आएको थियो ।

लोकसेवा कार्यालय अगाडिको सडक कच्ची एवम् हिलाम्मे हुँदा धेरै पटक मोटरसाइकल, टेम्पोलगायत सवारी साधन दुर्घटना हुने गरेको थियो । सो सडक ढलान भएपछि सवारी साधन आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।