एपिएफ बेलबारी गोल्डकपको सेमिफाइनलमा

सुन्दरहरैँचा (मोरङ), २० कात्तिक । सशस्त्र प्रहरी (एपिएफ) काठमाडौँ पाँचौँ बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखराको सहारा क्लबलाई टाइब्रेकरमा पाँच–चार गोल अन्तरले पराजित गर्दै एपिएफ सेमिफाइनलमा प्रवेश गरेको हो ।

टाइब्रेकरमा एपिएफकालागि सनिश श्रेष्ठ, नवीन लामा, सुदीप शिखरकार, दीपेश धिमाल र राजु नगरकोटीले गोल गरेका थिए । त्यसैगरी सहारा क्लबका लागि दीपेश आलेमगर, सरोज योञ्जन, जय गुरूङ तथा अजित भण्डारीले गोल गरेका थिए भने आशिष गुरुङको गोल गर्नबाट चुकेका थिए ।

एपिएफका लागि नवीन लामाले खेलको २३औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए पनि खेलको ४०औँ मिनेटमा पोखराका लागि दीपेश आलेमगरले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यसपछि खेल अवधिभर दुई टोलीबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

एपिएफका गोलरक्षक राजु नगरकोटी प्लेयर अफ दि म्याच चुनिए । उनले नगद रू पाँच हजार पुरस्कार र ट्रफि हात पारे । कात्तिक २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेता टोलीले रू आठ लाख एक हजार र उपविजेताले रु चार लाख एक हजार नगद पुरस्कार पाउने आयोजक डाँगीहाट युथ क्लबका अध्यक्ष विक्रम वान्तवा राईले बताउनुभयो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।