यस्तो रहनेछ आजको मौसम

काठमाडौं, २१ कात्तिक । मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने आकलन गरिएको छ । प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

मंगलबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

देवघाटधाममा आज गण्डकी परिक्रमा गरिने
भरतपुर, २१ कात्तिक (रासस) ः देवघाटधाममा गण्डकी परिक्रमा गरिने भएको छ । वैदिक सनातन धर्म र संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले आज पैदलयात्रा हिँडेर गण्डकी परिक्रमा गर्न लागिएको हो ।

देवघाटधाम क्षेत्रमा साधनारत सन्त महात्माको अगुवाइमा गण्डकी परिक्रमा गर्न लागिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीले जानकारी दिनुभयो । सो कार्यक्रममा एक हजार बढीको सहभागिता रहने उहाँले बताउनुभयो । गत वर्षदेखि सुरु गरिएको अभियानलाई यस वर्ष पनि निरन्तरता दिइएको छ ।

आज बिहान तनहँुतर्फ देवघाटको वेणीसङ्गम, गलेश्वर आश्रम ९सिद्धेश्वर मन्दिर०, चक्रवर्ती आश्रम ९मणिमुकुन्देश्वर मन्दिर०, महेश सन्यास आश्रम ९विद्येश्वर मन्दिर०, हरिहर सन्यास आश्रम ९हरिहर मन्दिर०, देवघाट पुलको मुख ९गणेश मन्दिर, केदारेश्वर मन्दिर, बद्रीनाथ मन्दिर०को परिक्रमा गर्ने कार्यक्रम रहेको अध्यक्ष अधिकारीले बताउनुभयो । त्यस्तै चितवनतर्फ देवघाट बसपार्क ९सङ्कल्पेश्वर हनुमान मन्दिर०, विश्वशान्ति यज्ञशाला मन्दिर, राम मन्दिर, लक्ष्मीनारायण मन्दिर, सीताराम संस्कृृत मावि, योगी नरहरिनाथ आश्रम गौशाला ९बागेश्वरी मन्दिर०, आपँटारी ९दियालो बङ्गला चोक०, पोखरा बसपार्क ९गौरेश्वर शिव मन्दिर०, नारायणगढ ९हरिहर मन्दिर०, नारायणगढ पुलचोक ९दुर्गा मन्दिर०को परिक्रमा गरिने छ ।

नवलपुरतर्फ गैँडाकोट पुल्चोक ९गोपेश्वर महादेव मन्दिर०, मौलाकाली भगवती मन्दिर, श्रीमद्रामानुज आश्रम, दिव्यधाम मन्दिर, बेसक्याक्प र केलादी क्षेत्रको परिक्रमा गरिने अध्यक्ष अधिकारीले बताउनुभयो बताउनुभयो । उक्त कार्यक्रमअन्तर्गत देवघाटधामको पूर्ण परिक्रमा, सिद्ध हरिहर क्षेत्रको भ्रमण, मौलकाली मन्दिर दर्शन, धार्मिक पर्यटनको प्रवद्र्धन, पवित्र देव नदीको पुजन, नारायणगढ क्षेत्रको अवलोकन, रमणीय पर्वतको परिक्रमा तथा वैदिक सनातन धर्म र संस्कृतिको प्रचारप्रसारको कार्यक्रम छ । आजबिहान ७ बजे देवघाट वेणीसङ्गमदेखि सुरु हुने कार्यक्रम दिउँसो २ बजे मणिमुकुन्देश्वर चक्रवर्ती आश्रममा समापन गरिनेछ ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले देवघाट क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धनका लागि यो कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो । पवित्र कालीगण्डकी र त्रिशूली नदीको सङ्गम रहेको देवघाटको वेणी सङ्गममा माघे सङ्क्रान्ति, बोलबम मेलालगायतका मेला महोत्सव हुने गर्दछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।