युवा भन्छन् ‘भोट हालेर काम खोज्दै विदेश जान नपरोस्’

त्रिवेणी, २१ कात्तिक । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीका सुशान्त पोख्रेल मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलोपटक मतदान गर्ने तयारीमा हुनुहुन्छ ।

मतदानको दिन नजिक आउँदा उम्मेदवारका प्रतिबद्धता विभिन्न देख्नुभएका उहाँलाई युवा विदेश पलायन रोक्ने योजना भइदिए हुन्थ्यो भन्ने लागेको छ । दैनिक सयौँ युवा विदेश पलायन भइरहेका छन् युवालाई स्वदेशमै राख्ने खालको वातावरण बनिदिए हुने थियो उहाँले भन्नुभयो । “मजस्तै धेरै युवा विदेश पलाएन भइरहेका छन्, स्वदेशमा रोजगारीको अवसर भए सायद विदेश जाने थिएनन् होला, राजनीतिक दलले युवालाई देशमै राख्ने वातावरण बनाए हुने थियो”, उहाँले भन्नुभयो, “पहिलोपटक भोट दिने तयारीमा छु, आशा छ जित्नेले युवाका विषयमा केही सोचून्, भोट दिएपछि कामका लागि विदेश जान नपरोस् ।”

राजनीतिक दलहरूले विकासका योजनाअघि सारे रोजगारीका अवसरसमेत सँगै आउने हुँदा यसतर्फ ध्यान दिनुपर्ने पहिलोपटक मत दिन तयार हुप्सेकोट–४, शङ्खदेवका युवा दिलीप चापागाईंको भनाइ छ । “रोजगारमूलक योजनाअघि सारी युवालाई उत्पादनमा प्रयोग गर्नसके देशको विकास पनि हुने थियो, युवा रोजगारमा जोडिने थिए”, उहाँले भन्नुभयो, “बजेटको उचित सदुपयोग हुने खालका काम भइदिए हुन्थ्यो भन्ने लाग्छ ।”

“मेरो भोटले युवालाई उद्यमशीलतासँग जोड्ने सुनिश्चिता गरोस्, विदेशका खाडीमा पसिना बगाएका स्वदेशमै फर्किएर श्रम गर्ने वातावरण तयार होस् भन्ने लागेको छ”, पहिलोपटक मत दिन तयार कावासोती–६, कि मनिषा पौडेलले भन्नुभयो, “स्वदेशमै अवसर छन्, देश विकासको गतिमा छ, सुशासन कायम छ भन्ने बनोस् ।” राजनीतिक दलले युवाका लागि विस्तृत योजना ल्याउन भने नसकेको उहाँको धारणा छ । “रोजगार सिर्जना गर्ने, युवालाई उत्पादनमा जोड्ने भन्ने प्रतिबद्धता त देखिन्छ तर त्यसको लागि के गर्ने, कस्ता कार्यक्रमले युवालाई जोड्ने भन्ने कमै हुन्छन्, स्पष्ट योजना आवश्यक छ”, उहाँले भन्नुभयो ।

निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारले आफ्ना प्रतिबद्धतापत्र सार्वजनिकसमेत गरिरहेका छन् । उम्मेदवारले जिल्लामा औद्योगिक क्षेत्रको स्थापना जोड दिँदै युवालाई रोजगारसँग जोड्ने बताउँदै आएका छन् । कृषि उत्पादनमा युवालाई जोड्ने कतिपय उम्मेदवारले बताइरहँदा स्पष्ट खाका नहुँदा चुनावी नारा मात्रै हो कि भन्ने आशङ्का लागेको स्थानीय युवा राम भुसालले बताउनुभयो ।

आठ पालिका र ९२ वडा रहेको नवलपुरमा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । जिल्लामा कूल दुई लाख ६० हजार चार सय ६१ मतदाता रहेका छन् । कूल मतदातामध्ये पुरुष एक लाख २४ हजार तीन सय ३६, महिला एक लाख ३६ हजार एक सय २१ र अन्य चार जना रहेका छन् ।

निर्वाचन क्षेत्रअनुसार प्रतिनिधिसभा–१, मा एक लाख ३१ हजार एक सय ८१ र दुईतर्फ एक लाख २९ हजार दुई सय ८० मतदाता रहेका छन् । वैशाखमा सम्पन्न निर्वाचनपछि नवलपुरमा पाँच हजार आठ सय ४६ नयाँ मतदाता थपिएका छन् । यसमा केही बसाइँसराइपछि आएका छन् । कतिपय नयाँ मतदाताका रुपमा युवा थपिएका छन् । युवाको चाहना युवालाई रोजगारसँग जोड्नुपर्ने रहेका छन् ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।