अटो दुर्घटनामा बालकको ज्यान गयो

उदयपुर, २२ कात्तिक । अटो ब्रेक फेल भएर दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ । सगरमाथा लोकमार्गअन्तर्गत साउनेबाट गाईघाट आउँदै गरेको प्र.१–०५–००१ ह ००२७ नम्बरको अटो दुर्घटना हुँदा पाँच वर्षीय बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

क्षमताभन्दा बढी यात्रु लिएर साउनेबाट गाईघाट आउँदै गरेको प्र.१–०५–००१ ह ००२७ नम्बरको अटो सोमबार साँझ त्रियुगा नगरपालिका– १४ दियालेमा दुर्घटना हुँदा नौजना घाइते भएको थियो । घाइतेमध्ये त्रियुगा नगरपालिका– ४ बगाहाका तीर्थ मगरको पाँच वर्षीय छोरा नुजल मगरको उपचारको क्रममा जिल्ला अस्पताल गाईघाटमा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख वरिष्ठ प्रहरी नायब निरिक्षक लोकबहादुर दियालीले जानकारी दिए ।

दुर्घटनामा घाइतेहरूमा त्रियुगा नगरपालिका– ४ बगाहाका ४७ वर्षीय लीलाबहादुर मगर, ३३ वर्षीय लीला मगर, २६ वर्षीय बालिका मगर, त्रियुगा नगरपालिका– १५ का २९ वर्षीय मानबहादुर मगर, ४४ वर्षीय सहिबहादुर मगर, सहीबहादुरकी ४४ वर्षीया श्रीमती डिकमाया मगर, २० वर्षीय चेतना मगर र १५ वर्षीय राजकुमार मगर घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल गाईघाटमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

अटोमा क्षमताभन्दा बढी सवार रहेकाले पनि ब्रेक फेल भएको हुनसक्ने प्रहरीले जनाएको छ । साउनेबाट गाईघाटतर्फ आउँदै गरेको अटोको अचानक ब्रेक फेल भई सडक छेउको भित्तामा ठोक्किएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।