कदमाहा-गाईघाट कालाेपत्रे सडक समेत बिक्री

उदयपुर, २२ कात्तिक । सार्वजनिक सडक नै बिक्री हुँदा समेत उदयपुरका सराेकारवाला निकाय निकाय मौन रहेकाे फेला परेकाे छ । सगरमाथा लोकमार्ग अन्तर्गत कदमाहा–गाईघाट सडक खण्डमा पर्ने त्रियुगा नगरपालिका– ६ जलजलेमा सडक कै जग्गा बिक्री गरिएको फेला परेको हाे । सगरमाथा लोकमार्गको ५२ मिटर क्षेत्रभित्र कै सडक अनाधिकृत रुपमा बिक्री गरेको फेला परेकाे छ।

जलजलेमा सवारी कर उठाउन निर्माण गरिएको अस्थायी चेक पोष्ट निर्माण गरिएको सडकको जग्गा त्रियुगा नगरपालिका–११ गाईघाटका ओमभक्त मैनालीले एक महिलालाई बिक्री गरेको फेला परेकाे छ । उनले जलजलेका ध्रुवप्रसाद चौधरीकी श्रीमती गीताकुमारी चौधरीलाई बिक्री गरेको फेला परेकाे हो ।

मैनालीले सडक किनारामा रहेको जग्गालाई दुई लाख रुपैयाँमा बिक्री गरेको पीडित महिलाले बताइन् । कपाली तमासुकमा १४ फिट चौडाई ५० फिट लम्बाई उल्लेख गरी चौधरीलाई घडेरी भन्दै उपलब्ध गराएका थिए ।

तत्कालिन हिमाली यातायात व्यवसायी संघ हुँदा त्रियुगा नगरपालिका–६ जलजलेमा सिमेन्ट ढुवानी गर्न आउने ट्रकहरूलाई पटके कर उठाउन त्यहाँ ढाट लगाएको थियो । ढाटसँगै सानो छाप्रो बनाइएकाे थियो । यातायात व्यवसायी संघ गाईघाटका तत्कालिन महासचिव मैनालीले सडकको जग्गा अनाधिकृत रुपमा प्रयोग गरि बिक्री गरेको सार्वजनिक भएको छ ।

२५ वर्षअघि कालोपत्रे भएको सगरमाथा लोकमार्गमा सडक अतिक्रमण गरि बनाएका घर टहरा नहटाउँदा यसरी बिक्री भएको हो । सडक नै एक व्यक्तिबाट अर्को व्यक्तिमा किनबेच भईरहदा समेत सम्बन्धित निकाय मौन रहेको स्थानीयवासीको आरोप छ ।

कदमाहा-गाईघाट सडक खण्डमा पर्ने जग्गाको नापी कार्यालयले २०६२/१०/०९ र २०६३/०३/०५ मा जग्गाको लागत मालपोत कार्यालय पठाएर लगत कट्टा गर्न भनेको थियो । तत्कालिन निर्माण तथा यातायात मन्त्रालयको २३ माघ ०४६ सार्वजनिक सूचना जारी गरि सडकको नाममा जग्गा प्राप्त गर्ने प्रक्रिया थालेको थियो ।

पछि २०६० सालमा कदमाहा-गाईघाट सडक खण्डको जग्गा लगत कट्टा गर्न भू-संरक्षण तथा व्यवस्थापन विभागको निर्णयको आधारमा सडकको दायाँ २५ मिटर र बायाँ २५ मिटर जग्गाको लगत कट्टा गर्न आदेश दिएको थियो ।

तर, यहाँ त भूमाफिया कै संलग्नतामा सार्वजनिक सडक बिक्री भइरहेकाे छन् । तत्कालिन हिमाली यातायात व्यवसायी संघ गाईघाटका महासचिव मैनालीले सडकको जग्गा नै निजी जसरी बिक्री गरिदिए पाइएकाे छ । कालोपत्रे सडक नै बिक्री गर्न सफल हुँदा समेत सम्बन्धित निकाय भने बेखबर छ ।

मैनालीले सामान्य पढलेख पनि गर्न नजान्ने महिलालाई दुई लाख रुपैयाँमा ७ फागुन ०७७ मा बिक्रीनामा कपाली तमासुक बनाई दिएका थिए । पीडित महिलाले भनिन्, ‘मलाई स्थानीयी कैलाश कार्कीलाई तमासुक लेख्न लगाई त्रियुगा नगरपालिका–६ जलजलेका रामबहादुर तामाङ, कृष्ण पराजुली, चन्द्रभुषण साहलाई साक्षी राखेर जग्गा दिए ।’ अहिले आराेपी मैनाली भने उनकाे सम्पर्क मै नभएकाे बताइन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।