ओखलढुंगामा छोरीको ह’त्या र श्रीमतीलाई खु’कुरी प्रहार गरेको आरोपमा राई पक्राउ

ओखलढुंगा, कार्तिक २४ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका-३ का ३३ बर्षीय राजेन्द्र राईले आफ्नै छोरीको ह’त्या र श्रीमतीलाई खु’कुरी प्र’हार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

सोमबार राती मा’दक से’वन गरेका राईले सामान्य वाद बिवादको क्रममा २१ बर्षीया श्रीमती उषा राईलाई टाउको र ढाडमा खु’कुरी प्रहार गरी ग’म्भिर घाईते बनाएको र २ बर्षीया छोरी रितिका राईको ह’त्या गरेका थिए । छोरीको ह’त्या र श्रीमतीलाई खु’कुरी प्र’हार गरेका राईले आफ्नो टाउकोमा समेत खु’कुरी प्र’हार गरी घाईते भएको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

खु’कुरी प्रहारबाट घाईते भएकि उषा राईको मिसन अस्पताल ओखलढुंगामा उपचार भईरहेको छ भने घाईते अवस्थामा पक्राउ परेका राईको समेत प्रहरीको निगरानीमा सोही अस्पतालमा उपचार भईरहेको छ ।

राईको ज्यान सम्बन्धि कसुरमा सम्मानित जिल्ला अदालत ओखलढुंगाबाट प्रकाउ अनुमति लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

निर्वाचनसम्म आन्दोलन स्थगित गर्न चेम्बरको आग्रह
काठमाडौँ, २४ कात्तिक (रासस) ःनेपाल चेम्बर अफ कमर्सले बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदरविरुद्धको आन्दोलन आगामी मङ्सिर ४ गतेसम्म स्थगित गर्न आग्रह गरेको छ । जिल्ला चेम्बर अफ कमर्स र नगर चेम्बर अफ कमर्सलगायत सबै जिल्लाका संस्थालाई ब्याजदर वृद्धिविरुद्धको आन्दोलन निर्वाचनसम्मका लागि स्थगित गर्न चेम्बरले आग्रह गरेको हो ।

बैंक तथा वित्तीय संस्थाको व्याजदर एवं राष्ट्र बैंकको चालू पुँजी कर्जासम्बन्धी मार्ग निर्देशनको विरोधमा चेम्बरले गर्दै आएको विरोधका कार्यक्रमलाई निर्वाचन अवधिभर रोक्न चेम्बरले विज्ञप्तिमार्फत आग्रह गरेको हो ।

चेम्बरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मुलुक प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा होमिएको छ । निर्वाचनलगत्तै आफ्नो शान्तिपूर्ण सङ्र्घषका कार्यक्रमलाई पनि जारी राख्दै नयाँ सरकारसँग वार्तामार्फत समस्याको समाधानका लागि चेम्बरले पहल गर्नेछ । त्यतिञ्जेलसम्मका लागि सङ्घर्षका सबै कार्यक्रम स्थगित गर्न जिल्ला र नगर चेम्बर अफ कमर्सलाई आग्रह गरिन्छ ।”

बैंक तथा वित्तीय संस्थाको चरम ब्याजदरबाट उद्योगी व्यवसायी निकै मर्कामा परे पनि निर्वाचनको मुखमा आन्दोलन गर्दा झन समस्या उत्पन्न हुने चेम्बर अध्यक्ष राजेन्द्र मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “ब्याजदर वृद्धिले उद्योग व्यवसाय निकै धरासायी भएका छन् । बढेको ब्याजदर घटाउने विभिन्न विकल्प हुँदासमेत सरकारले व्यवसायीको मागलाई सुनुवाइ गरेको छैन । निर्वाचनलगत्तै सङ्घर्षमा उत्रनुको विकल्प छैन ।”

चेम्बरले यसअघि नियमनकारी निकाय राष्ट्र बैंकसमक्ष हाल कायम स्प्रेड दर एवं बैंकको आधार समय सान्दर्भिक व्यवस्थापन गर्न पनि आग्रह गरेको छ । चेम्बरले राष्ट्र बैंकलाई विभिन्न नौ बुँदामा यसअघि नै ध्यानाकर्षण गराएको थियो ।

चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, “बढ्दो ब्याजदरले मुलुकको व्यावसायिक गतिविधि नै ठप्प हुने अवस्था सिर्जना भएको छ । निक्षेपमै उच्चदरको ब्याजदर कायम भयो भने उद्योग व्यवसायमा हुने लगानी निरुत्साहीत हुने र यसले वित्तीय असन्तुलनको जोखिम बढाउँछ ।” कर्जा प्रवाह र नवीकरण गर्दा बैंक एवं वित्तीय संस्थाले लिने विभिन्न प्रकारको असान्दर्भिक सेवा शुल्कलाई हटाउनसमेत चेम्बर चेम्बर अध्यक्ष मल्लले आग्रह गर्नुभयो । —

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।