स्थानीयले गरे दिक्तेल–दोर्पा दुम्ली–रतन्छा सडक बन्द

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका स्थानीयले अनिश्चितकालका लागि दिक्तेल–दोर्पा दुम्ली–रतन्छा सडक बन्द गरेका छन् । सडकको उक्किएको ढलान र भत्किएको ड्रेन मर्मतको माग गर्दै स्थानीयले शनिबार दिक्तेलको थर्पुटोलमा पोल, बाँस र रुखको हाँगा तेस्र्याएर सडक बन्द गरेका हुन् ।

दिक्तेलस्थित जिल्ला अस्पतालदेखि पञ्च माबिसम्मको खण्डमा गरिएको ढलान केही समयमै उक्किएर ठाउँ–ठाउँमा रड निस्केको, थर्पुटोलमा सडकको बीचमा ड्रेन भत्किएर खाल्डो हुँदा सवारी आवागमनमा अवरोध पुगेको लगायतका कारण देखाउँदै थर्पुटोलबासीले सडक बन्द गरेका हुन् ।

थर्पुटोल आसपासमा दुई वर्षअघि सडक ढलान गरिएको थियो । तर गुणस्तरहिन काम हुँदा विगत दुई/तीन महिनादेखि ढलान उक्किन थालेको थियो । सडकबीचको ड्रेन फुटेपछि टायर राखेर सवारी साधन आवतजावत गर्दैआएको थियो । थर्पुटोलको भत्किएको नाली र ढलान मर्मत नहुँदा सवारी दुर्घटना हुन थालेकाले थप दुर्घटना हुन नदिन अनिश्चितकालका लागि सडक बन्द गरिएको स्थानीय कृष्णराज आचार्यले बताए ।

थर्पुटोलमा भत्किएको ड्रेन मर्मत नभएसम्म सडक खुला नगर्ने स्थानीयले बताएका छन् । स्थानीय प्रशासनले घट्नास्थलमा प्रहरी परिचालन गरेको छ । ड्रेन फुट्दा समस्या उत्पन्न भएको जानकारी आएपछि महिना दिनअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले निरिक्षण गरेका थिए ।

ढलान भत्किएपछि असरल्ल बनेको रडमा कैयौं पशुचौपायको खुट्टा अड्किएर चोट लागिसकेको छ । बिशेषगरी वालबालिका र वृद्धवृद्धालाई समेत हिँडडुल गर्न सकस भइरहेको छ । थर्पुटोलमा बिहिबार राति बसको ठक्करले विद्युतको एउटा पोल भाँचिएको थियो । सोही बसले घर र एउटा बाईकलाई क्षती पुर्‍याएको छ । सो बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्थानीयले आचार्य गाउँको बसपार्कसम्म बार्‍है महिना सवारी साधन चल्नेगरी सडक ढलान गर्न, निर्माणका क्रममा स्थानीयलाई सहभागीता गराउन पनि माग गरेका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र नजिक सडक छेउको मेसिनरी पर्खाल समेत भत्किएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।