खोटाङमा काम अलपत्र पार्ने ठेकेदारको मेसिनमा लगाइएको ताला खोलियो

खोटाङ, २७ कात्तिक । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सडक स्तरोन्नतीको काम अलपत्र पार्ने निर्माण व्यवसायीको मेसिनमा लगाएको ताला खोलिदिएको छ । नगरपालिकाले दिक्तेलबजारस्थित अस्पतालचोक–लफ्याङको दुबेछिवा (३.७ किलोमिटर) सडक स्तरोन्नतीको काम अलपत्र पार्ने ढुकुचु–बगाले–बिएण्डटी जेभीले निर्माणस्थलबाट अन्यत्र लैजान लागेको अवस्थामा गत कात्तिक २० गते एउटा एक्स्काभेटर र एउटा व्याकहो लोडरलाई साङ्लोले बाँधेर ताला लगाएर रोकेको थियो । 

 ढुकुचु–बगाले–बिएण्डटी जेभीका प्रतिनिधि मोहन श्रेष्ठ, र कुमार भण्डारीले शुक्रबार नगरपालिकामै आएर सडक स्तरोन्नतीको अवरुद्ध काम तत्काल सुचारु गर्ने र बाँकी रहेको समयभित्रै काम सम्पन्न गर्ने लिखित कबुलियतनामा गरेपछि शनिबार मेसिनको ताला खोलिदिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता दिनेशकुमार घिमिरेले बताए ।

 निर्माण व्यवसायीले हालसम्मको सडक स्तरोन्नतीको कार्य प्रगती विवरण र मासिक कार्ययोजना पेश गर्दै समयमै काम सम्पन्न गर्ने, काम नगरे कानून बमोजिम कारबाही भोग्नेगरी कबुलितनामा गरेका छन् । कबुलियतनामापछि मेयर बिसन राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नवराज राई र प्रवक्ता घिमिरेले मेसिनमा लागेको ताल्चा र फलामे साङ्लो खोलिदिएका हुन् । काल अलपत्र छाडेर लफ्याङस्थित निर्माणस्थलमा भएका मेसिनरी सामान क्रमशः अन्यत्र लगिरहेको अवस्थामा नगरपालिकाले एक्स्काभेटर र व्याकहो लोडरलाई अन्यत्र लैजान रोक लगाएको थियो । 

 ढुकुचु–बगाले–बिएण्डटी जेभीले भ्याटसहित ५ करोड ६ लाख ५५ हजार ५८६ रुपैयाँमा अस्पताल चोक–लफ्याङको दुबेछिवा सडक ग्राभेल गर्ने ठेक्का लिएको हो । सो निर्माण कम्पनीले २०७९ पुस २८ गतेसम्ममा सम्पन्न गर्नेगरी सडक डिभिजन कार्यालय, हर्कपुर, ओखलढुंगासँग २०७८ जेठ २० गते ठेक्का सम्झौता गरेको थियो । तर बाँकी रहेको करिब दुई महिनाभित्र द्रुततर गतिमा काम गर्दा समेत योजना सम्पन्न गर्न कठिन हुने देखिएको छ । हालसम्म ६० प्रतिशत काम सम्पन्न भएको निर्माण व्यवसायी भण्डारीले दावी गरे ।

 ढुकुचु–बगाले–बिएण्डटी जेभीले कटिङ, नाली तथा खाल्डाखुल्डी पुर्ने काम तत्काल सुरु गर्ने र बाँकी कामलाई चुनावपछि तिव्रता दिने कबुलियतनामा गरेको छ । निरन्तर काम गर्दागर्दै प्राविधिक कारणले तोकिएको समय अवधिभित्र काम सम्पन्न हुन नसके दोहोरो समझदारीमा अर्को निर्णय गरिने मेयर तीर्थराज भट्टराईले बताए । ‘आगामी मंसिर १० गतेदेखि सडक स्तरोन्नतीको काम सुरु गर्ने प्रतिवद्धता जाहेर गरी सहीछाप गरेका छौँ,’ कबुलियतनामामा भनिएको छ, ‘अन्यथा कानूनी कारबाही भोग्दै कालोसूचीमा सिफारिस भएमा हामी कारबाही भोग्न तयार छौँ ।’ 

 यस्तै, अस्पतालचोक–साप्सु खोला सडक अन्तरगत दुबेछिवा–साप्सुखोला (४ किलोमिटर) सडक खण्ड स्तरोन्नतीको काममा पनि सगरमाथा सजिव आरएन जेभीको ढिलासुस्ती भइरहेको छ । सगरमाथा सजिवले २०७९ माघ १५ गतेसम्ममा सम्पन्न गर्नेगरी २०८७ चैत २८ गते सडक स्तरोन्नतीको सम्झौता गरेको थियो । उसले भ्याट सहित २ करोड ९६ लाख ३७ हजार ५८६ रुपैयाँमा ग्राभेल सक्नेगरी ठेक्का लिएको हो । सो खण्डको कामको प्रगती पनि सन्तोषजनक नदेखिएको मेयर भट्टराईले बताए । 

 निर्धारित समयमा अस्पतालचोक–लफ्याङको दुबेचिवा र दुबेचिवा–साप्सुखोला सडक स्तरोन्नतीको काम सम्पन्न नहुँदा साकेला, दिप्रुङ चुईचुम्मा र खोटेहाङ गाउँपालिकाका नागरिकलाई दुःखसास्ती भइरहेको छ । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।