यु-१९ महिला विश्वकप नेपाल र बंगलादेशले संयुक्त आयोजना गर्ने

काठमाडौं, २७ कात्तिक । दक्षिण एसियाली मुलुक नेपाल र बंगलादेशले सन् २०२७ को आईसिसी महिला यु १९ विश्वकप संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसिसीले आइतबार विभिन्न उमेर समूहको विश्वकप आयोजना गर्ने राष्ट्र निर्धारण गरेको हो । 

नेपाल र बंगलादेशले संयुक्त रूपमा यु-१९ महिला विश्वकप आयोजना गर्न स्विकृत पाएका छन् । बंगलादेश आयोजक हुनेछ भने नेपाल सहआयोजक हुने क्यानले जनाएको छ । 

नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पहिलो पटक विश्वकप आयोजना गर्न पाउनु गौरवको विषय भएको बताए । उनले आयोजनाको लागि ठूलो लबिइङ गरेको बताए । ‘एकदम गौरवको विषय हो । यो चार वर्ष पछि आयोजना हुने हो । एकदमै ठूलो ‘लबिइङ’का बीच आयोजना गर्न पाएका हौं,’ चन्दले भने । 

आईसिसीले नेपाललाई प्रतियोगिता आयोजना गर्न कम्तीमा पाँच मैदान आवश्यक पर्ने बताएको छ । जसमध्ये दुई मैदानमा खेल हुनेछन् । मैदान र खेलस्थल टुंगो लाग्न बाँकी छ । क्यानले काठमाडौंको त्रिवि खेल मैदान र मूलपानीसहित पोखरा मैदान, निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय मैदान र भैरहवा मैदानको नाम आइसिसीलाई बुझाएको छ । 

यसैगरी सन् २०२५ को यु–१९ महिला विश्वकप मलेसिया र थाइल्यान्डले आयोजना गर्दा सन् २०२४ को यु १९ पुरुषको आयोजना श्रीलंका, सन् २०२६ को जिम्बाव्वे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने भएका छन् । 
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖