कूटनीतिक नियोगलाई निर्वाचनबारे जानकारी

काठमाडौँ, २८ कात्तिक । निर्वाचन आयोगले काठमाडौंँस्थित कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिहरूलाई मङ्सिर ४ गते हुने प्रतिनिधिसभा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का बारेमा आयोगको कान्तिपथस्थित कार्यालयमा आज आयोजित कार्यक्रमबीच जानकारी गराएको छ ।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी, भयरहित बनाउन भएका तयारीबारे भनाइ राख्दै उक्त प्रयासमा अन्तर्राष्ट्रिय समुदायले पु¥याएको सहयोग र देखाएको सदायशताको प्रशंसा गर्नुभयो । प्रमुख आयुक्त थपलियाले विगतका निर्वाचनका अनुभवले आगामी निर्वाचनमा थप सुधार गर्नको निमित्त सहयोग पुग्ने बताउनुभयो ।

आयोगका आयुक्त, उच्च अधिकारी सहभागी कार्यक्रममा काठमाडौंँस्थित २० भन्दा बढी कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधिकोसमेत सहभागिता रहेको थियो ।

कार्यक्रममा आयोगका उपसचिव एवं योजना, अनुगमन तथा वैदेशिकसम्बन्ध शाखाका प्रमुख कमल भट्टराइले निर्वाचनसम्बन्धी विविध जानकारीको प्रस्तुतिकरण गर्नुभएको थियो ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।