चुनावअघि र पछि गरी सरकारले दियो तीन दिन सार्वजनिक बिदा

काठमाडौं, २९ कात्तिक । सरकारले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर तीन दिन सार्वजनिक बिदा दिएको छ । मंगलबार बिहान गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै २, ४ र ५ मंसिरमा बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयलका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा २ मंसिरका दिन मतदानस्थल भएका विद्यालय तथा ४ र ५ मंसिरमा सरकारी कार्यालयलाई बिदा दिने निर्णय भएको उल्लेख छ ।

निर्वाचन आयोगले केही दिनअघि तीन दिन बिदा दिन मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार सरकारले निर्णय गरेको हो । गत स्थानीय तहमा मतदानको दिन मात्रै बिदा दिइएको थियो । तर, यसपटक भने सरकारी कार्यालयलाई दुई दिन बिदा दिइएको छ ।

सरकारी कार्यालयको सेवा प्रभावित
मध्यविन्दु (नवलपरासीपूर्व), २९ कात्तिक (रासस) ःआगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कर्मचारी खटिएका कारण सरकारी कार्यालयको सेवा प्रवाह प्रभावित भएको छ ।

जिल्लाका अधिकांश कर्मचारी निर्वाचनका लागि खटाइएका कारण करिब एक हप्ताका लागि सरकारी कार्यालयको सेवा प्रभाव प्रभावित हुने भएको हो । निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारीसहित जिल्लामा दुई हजार चार सय १६ कर्मचारी खटाइएका छन् । निर्वाचनका लागि सङ्घ, प्रदेश, स्थानीय तहअन्तर्गतका कर्मचारीसँगै अर्धसरकारी कार्यालयका प्रमुखहरु र शिक्षकलाई पनि खटाइएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो ।

जिल्लास्थित अधिकांश कार्यालयका प्रमुखदेखि खरिदारसम्मका कर्मचारीहरु निर्वाचनमा खटिएकाले अधिकांश कार्यालयको सेवा प्रवाह प्रभावित भएको उहाँले बताउनुभयो ।

“निर्वाचनमा खटिने कर्मचारीले २९ र ३० गते निर्वाचन सामग्री बुझ्ने भएको हुँदा सेवा प्रभावित हुने निश्चित छ”, उहाँले भन्नुभयो, “निर्वाचनलाई सभ्य र व्यवस्थितरूपमा सम्पन्न गर्नुपर्ने मुख्य प्राथमिकता भएकाले सरकारी कार्यालयमा अत्यावश्यक सेवाबाहेकका सेवा प्रवाह गर्न बाध्य पारिने छैन ।”

जिल्लास्थित अधिकांश स्थानीय तहहरुले कात्तिक २९ देखि मङ्सिर ५ गतेसम्म अत्यावश्यकबाहेकका अन्य सेवाहरु बन्द रहने सार्वजनिक सूचना नै जारी गरिसकेका छन् ।

निर्वाचनका लागि जिल्लामा रहेका कार्यालय प्रमुख वा अधिकृत सरहका कर्मचारीलाई मतदान अधिकृतका रूपमा जिम्मेवारी दिइएको छ भने नायव सुब्बा सरहका कर्मचारीलाई सहायक मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । सोबाहेकका कर्मचारीलाई सहायक कर्मचारीका रूपमा खटाइएको छ ।

प्रतिनिधिसभाको दुई निर्वाचन क्षेत्र रहेको नवलपरासीपूर्वमा एक सय १३ वटा मतदानस्थल र तीन सय दुईवटा मतदान केन्द्र रहेका छन् । निर्वाचनका लागि दुई हजार चार सय १६ कर्मचारी परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालय नवलपरासीपूर्वका प्रमुख लालप्रसाद भुसालले जानकारी दिनुभयो ।

निर्वाचन सम्पन्न गर्नका लागि यहाँ रहेका हरेक मतदान केन्द्रमा मतदान अधिकृतसहित आठजना कर्मचारी परिचालन गरिएको छ । प्रत्येक मतदान केन्द्रमा आठजनाका दरले कर्मचारी परिचालन गरिएको छ ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।