खोटाङकाे नमुना मतदान मै भेटियो औंठा छाप

खोटाङ, २९ कात्तिक  । जिल्ला निर्वाचन कार्यालय खोटाङले नौ स्थानीय तहमा नमुना मतदानको आयोजना गरेको छ । १० स्थानीय तहमध्ये मंगलबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको माटिकोरे खेलमैदानमा नवौं नमुना मतदान गरिएको हो ।

मतदाता शिक्षा प्रभावकारी बनाउने र मत बदर हुनबाट जोगाउने योजनाअन्तर्गत निर्वाचन कार्यालयले २० कात्तिकदेखि स्थानीय तहका केन्द्रमा नमूना मतदान सञ्चालन गर्दै आएको छ । 

मतदातालाई सु–सूचित गर्ने, मतदाता शिक्षा विस्तार गर्ने, मतदानका क्रममा आइ पर्ने समस्या तथा चुनौतीको उचित विधिबाट हल गर्ने अभ्यासका रुपमा नमुना मतदान आयोजना गरिएको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले बताए । हालसम्म बराहपोखरी गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, खोटेहाङ गाउँपालिका, साकेला गाउँपालिका, रावाबेँसी गाउँपालिका, केपिलासगढी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकामा नमुना मतदान भइसकेको छ । बाँकी रहेको हलेसी तुवाचुङ नगरपालिकामा बिहीबार नमुना मतदान गरिने जिल्ला निर्वाचन अधिकारी गौतमले बताए । 

जिल्ला निर्वाचन कार्यालयले महिला स्वास्थ्य स्वयंसेविकामार्फत मतदाता शिक्षा सञ्चालन गरिरहेको जनाएको छ । तर, नमुना मतदानका क्रममा देखिएको बदर मतको संख्याले मतदाता शिक्षाको आवश्यकता खड्किएको देखाएको छ । नमुना मतदान कै क्रममा एकभन्दा बढी चुनाव चिन्हमा मत संकेत गर्ने, दुई वा दुईभन्दा बढी चुनाव चिन्हकोबीचमा मत संकेत गर्ने, औंठा छाप लगाउने, चुनाव चिन्हको घेराभन्दा बाहिर मत संकेत गर्ने गरेको पाइएको गौतमले बताए । ‘सदरमुकाम क्षेत्रमाभन्दा अलि टाढा–टाढाका गाउँमा मत बदर बढी देखियो । तर, मतदान गर्न सिक्नुपर्छ भनेर चासो राख्ने धेरै देखियो,’ गौतमले भने, ‘स्थानीय तहमा सात वटा चुनाव चिन्हमा मत संकेत गर्ने व्यवस्था थियो, त्यही सम्झिएर हुनसक्छ अहिले पनि बढी चिन्हमा मत संकेत गरेको पाइएको छ ।’ 

आसन्न निर्वाचनका लागि खोटाङमा १३६ मतदान स्थल, १९४ मतदान केन्द्र र दुई वटा अस्थायी मतदान केन्द्र तोकिएका छन् । मंगलबारदेखि निर्वाचन सामग्रीसहितका कर्मचारी मतदान केन्द्र पठाउन सुरु गरिएको छ । यस निर्वाचनमा जिल्लाका एक लाख ४२ हजार ७९२ मतदाताले मताधिकार उपयोग गर्ने निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले बताए । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।