मतदान तथा मतपत्रको गोप्यता कायम गर्न प्रमुख आयुक्त थपलियाको आग्रह

काठमाडौँ, २९ कात्तिक । प्रमुख निर्वाचन अयुक्त दिनेशकुमार थपलियाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदान तथा मतपत्रको गोप्यता कायम गर्न आग्रह गर्नुभएको छ ।

कसैको डर, त्रास, धाकधम्की, अवरोध र प्रलोभनमा नपरी गोप्य मतदान गर्न पाउनु उनीहरूको सार्वभौम अधिकार भएकाले मतदातालाई गोप्य मतदानद्वारा आफ्ना प्रतिनिधि चुन्ने हकको सुनिश्चितता हुनुपर्ने उल्लेख गर्दै प्रमुख आयुक्त थपलियाले भन्नुभयो, “कोही कसैबाट जो कोही मतदातालाई डर, त्रास, धम्की, अवरोध वा प्रलोभनमा पारेर मतदान प्रक्रियाको गोप्यता भङ्ग गर्नु गराउनु निर्वाचन आचारसंहिता, निर्वाचन (कसुर तथा सजाय) ऐन तथा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ (मतदान निर्देशका) अनुसार दण्डनीय हुनेछ ।”

उहाँले मतदान प्रक्रियाको गोप्यता भङ्ग गरिएको मतपत्र मतपेटिकामा खसाली नसकेको भए मतदान अधिकृतले मतपत्रलाई छुट्टै खाममा राखी त्यस्तो खाममा सोही व्यहोरा उल्लेख गरी शिलबन्दी गरी मुचुल्का खडा गरी राख्नुपर्ने र त्यस्तो मतपत्र गणना नगरिने व्यवस्थाको स्मरण गराउँदै आफ्नो नाममा बाहेक अरुको नाममा मत हाल्न, पटकपटक मतदान गर्न, मतपत्र बिगार्न वा नष्ट गर्ने कुनै वस्तु वा पदार्थ मतपेटिकमा खसाल्न नहुने बताउनुभयो ।

निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ९ मा कसैले पनि मतपत्रमा मत सङ्केत गरिसकेपछि त्यस्तो मतपत्र कसैलाई देखाउन, प्रदर्शन गर्न, गोप्य मत सङ्केत स्थलमा मत सङ्केत नगरी त्यसभन्दा बाहिर गई मत सङ्केत गर्न वा मत सङ्केत गरेको व्यहोरा कुनै प्रकारले सार्वजनिक गर्न, छाप लगाएको मतपत्र आफूसँग लिएर जान नहुने व्यवस्था छ ।

त्यसैगरी मतपत्रको गोप्यता भङ्ग हुँदा अन्य दल तथा उम्मेदवारले समेत सम्बन्धित मतदातालाई विभिन्न किसिमका असहजता सिर्जना गर्न सक्छन् र यसले व्यक्तिको सामाजिक प्रतिष्ठामा समेत गम्भीर असर पु¥याउने आयोगले जनाएको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।