झापामा मृ’त भेटियो हात्ती

गौरादह, १ मङ्सिर । झापाको कचनकवलको घेराबारीमा हात्ती मृ’त फेला परेको छ । चारकोशे जलथल जङ्गलदेखि दुई किलोमिटर दक्षिण कचनकवल गाउँपालिका–१ स्थित घेराबारीका गङ्गा दाहालको धानखेतमा वयस्क भाले हात्ती मृ’तावस्थामा फेला परेको हो ।

मृ’त फेला परेको हात्तीको दाह्रा नरहेको कचनकवल–१ का वडाध्यक्ष महावीर लिम्बू रञ्जितले जानकारी दिनुभयो । उहाँका अनुसार हात्तीको शरीरमा चो’टपटक नदेखिए पनि दाह्रा छैन ।

डिभिजन वन कार्यालयको टोली आएर परीक्षण गरेर त्यहीँ खाल्डो खनेर पुरिएको हो । जलथल जङ्गलमा एक दर्जन बढी हात्ती बस्दै आएका छन् ।(रासस)

निर्वाचनका लागि खटिएका कर्मचारी मतदान केन्द्रतर्फ प्रस्थान
बागमती, १ मङ्सिर (रासस) :मकवानपुरमा मङ्सिर ४ गते हुने निर्वाचनका लागि खटिएका कर्मचारी आजबाट मतदान केन्द्रतर्फ प्रस्थान गर्न थालेका छन् ।

जिल्लाका विकट क्षेत्रमा रहेका केन्द्रमा आजदेखि नै कर्मचारी प्रस्थान गर्न थालेको निर्वाचन कार्यालयले जनाएको छ ।

“हामी आज बिहानै तोकिएको मतदान केन्द्रतर्फ लाग्यौँ, सबै कर्मचारीलाई आजै मतदान केन्द्र पुग्न निर्देशन दिएको छु”, मकवानपुरको कैलाश–६ को मतदान केन्द्रमा खटिनुभएका मतदान अधिकृत यमबहादुर बस्नेतले भन्नुभयो ।

उत्तरी मकवानपुरको इन्द्रसरोवरको एक केन्द्रमा खटिनुभएका मतदान अधिकृत मनोज गुप्ता पनि आजै मतदान केन्द्र प्रस्थान गर्ने तयारीमा रहेको जाँदैहुनुहुन्छ ।

त्यस्तै पूर्वी मकवानपुरको बकैयाको श्रीपुर केन्द्रमा खटिनुभएका सुन्दर बाँस्कोटाले पनि आजै तोकिएको केन्द्र पुगेर मतदान केन्द्रको व्यवस्थापन सुरु गर्ने बताउनुभयो ।

मतदान प्रक्रियालाई सुरक्षित र भयरहित बनाउन भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज मङ्सिर १ गतेबाट ५ गतेसम्म जिल्लाभर मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन नगर्न निर्देशन जारी गरेको छ ।

कार्यालयले एक सूचना जारी गर्दै ४ मङ्सिरमा हुने निर्वाचनलाई मध्यनजर गर्दै आजबाट मङ्सिर ५ गते दिउँसो १२ बजेसम्मका लागि मदिराजन्य पदार्थ ओसारप्रसार, बिक्री वितरण तथा सेवन पूर्णरूपमा प्रतिबन्ध लगाइएको जनाएको छ ।

यसैगरी कार्यालयले निर्वाचनको दिन मङ्सिर ४ गते बिहान ५ बजेदेखि मङ्सिर ५ गते बिहान ५ बजेसम्म तोकिएको अत्यावश्यक सेवा र अनुमतिप्राप्त सवारी साधनबाहेक सम्पूर्ण निजी तथा सार्वजनिक यातायातका साधन सञ्चालन गर्न रोक लगाइएको जनाएको छ ।

जिल्लाको एक सय ६५ वटा मतदानस्थलमा तीन सय ६४ मतदान केन्द्र छन् । तीन लाख सात सय ३३ मतदाता रहेको मकवानपुरमा दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । जिल्लाका तीन सय ६४ मतदान केन्द्रमध्ये १९ वटा अतिसंवेदनशील र ६० केन्द्रलाई संवेदशील केन्द्रका रूपमा लिइएको छ । तीन सय ६४ मतदान केन्द्रमा करिब तीन हजार कर्मचारी खटिने जनाइएको छ ।

मकवानपुर क्षेत्र नं १ मा एक लाख ५० हजार एक सय ५५ र मकवानपुर क्षेत्र नं २ मा एक लाख ५० हजार पाँच सय ७८ मतदाता रहेका छन् । जिल्लामा पाँच जना तेस्रोलिङ्गी मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।