उपल्लो डोल्पाका १२ मतदान केन्द्रमा हेलिकोप्टरमार्फत निर्वाचन सामग्रीसहित कर्मचारी ओसारिँदै

हेमनत केसी/सुर्खेत, १२ कात्तिक ।  मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुन अब दुईदिन मात्र बाँकी छ ।  चुनाव हुन दुईदिन बाँकी रहँदा उपल्लो डोल्पाका विभिन्न मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी हेलिकोप्टरमार्फत बिहानैदेखि ओसार्न थालिएको छ । जिल्लाका ६८ वटा मतदान केन्द्र मध्य उपल्लो डोल्पाका विभिन्न १२ वटा मतदान केन्द्रमा हिमपात, चिसो लगायत भौगोलिक समस्याका कारण मतदान टोली हिँडेर जान सम्भव नभएकाले हेलिकोप्टरबाट पठाउन थालिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जनाएको छ । 

४८ घण्टाभन्दा अगाडि मतदानका लागि कर्मचारी, मतपत्र लगायत निर्वाचनका बन्दोबस्तीका सामग्री मतदान केन्द्रमा पुगिसक्नु पर्नेमा हेलिकोप्टर समयमा नआएकाले ढुवानी गर्न ढिला भएको जनाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले समयमा हेलिकप्टरकाे व्यवस्थाका लागि निर्वाचन आयोगमा आग्रह गरेको भए पनि प्राविधिक कारणले केही ढिला भएको जनाएकाे छ । 

सदरमुकाम दुनैदेखि पैदलमार्ग मार्फत एक सातासम्म लाग्ने उपल्लो डोल्पाका शे-फोक्सुण्डो गाउँपालिकाको आटवटा मतदान केन्द्र, डोल्पोबुद्ध गाउँपालिकाको तीनवटा मतदान केन्द्र र छार्काताङसोङ गाउँपालिकाको एकवटा मतदान केन्द्र गरी जम्मा  १२ वटा मतदान केन्द्रमा निर्वाचनका लागि मतदान टोली र निर्वाचन सामग्री नेपाली सेनाको दुईवटा ठूला हेलिकोप्टरबाट पठाउन थालिएको मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए ।

उनका अनुसार मतदान सकिएपछि पनि मतपेटिका, मतदानमा खटिएका कर्मचारी टोली र सुरक्षाकर्मीसमेत हेलिकप्टरबाटै सदरमुकाम दुनै ल्याइने व्यवस्था मिलाउन निर्वाचन आयोगसँग आग्रह गरिएको छ । भौगोलिक विकटता र भारी हिमपातका कारण निर्वाचनको पूर्व तयारी गर्न समस्या  देखिएपछि हेलिकप्टरको प्रयोग गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जनाएको छ ।

उपल्लो क्षेत्रमा पर्ने २२ ओटा मतदान केन्द्रको लागि हेलिकप्टरको माग गरिए पनि निर्वाचन आयोगले संवेदनशीलताको हिसाबमा १२ मतदान केन्द्रको लागि मात्र हेलिकप्टरको व्यवस्थापन गरेको मुख्य निर्वाचन अधिकृत सुवेदीले बताए ।

बिहीबार शे-फोक्सुण्डोको वडा नं ३ साल्दाङ मतदान केन्द्रमा र छार्काको एउटा मतदान केन्द्रमा दुई फ्लाइट हेलिकप्टरबाट निर्वाचन सामग्री र मतदानका लागि आवश्यक कर्मचारी पठाईएको थियो भने शुक्रबार बिहानैदेखि दुईवटा हेलिकोप्टरबाट निर्वाचन सामग्री र मतदानका लागि निर्वाचन टोली पठाउन सुरु गरिएको र सकेसम्म शुक्रबार नै बाँकी १० वटै मतदान केन्द्रमा आवश्यक सामग्री र मतदान टोली पठाइसक्ने जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ ।  

डोल्पाका ८ स्थानीय तहमा ६६ वटा मतदान केन्द्र र २ वटा अस्थायी मतदान केन्द्रहरु रहेका छन् । जसमध्ये हावापानी चिसो भएर केही समयअघि वर्षापछि भएकाे हिमपातले १२ मतदान केन्द्रमा पुग्न कठिन भएकाले हेलिकोप्टर प्रयोग गर्नुपरेको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जानकारी दिएको छ । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।