गृहमन्त्रीलाई आयोगले सोध्यो तीन स्पष्टीकरण, रुपन्देहीमा १५ वटा स्पष्टीकरण

भैरहवा, २ कार्तिक ।निर्वाचन आचारसंहिता २०७९ विपरित गतिविधी गरेको भन्दै निर्वाचन आयोगले आचारसंहिता अनुगमन समितिमार्फत रुपन्देहीमा थप सात विषयमा स्पष्टीकरण सोधेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता उल्लंघनविरुद्ध परेको उजुरीका आधारमा गृहमन्त्री तथा उम्मेदवार बालकृष्ण खाणलाई तीन वटा विषयमा, सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खान, उम्मेदवाहरु सन्तोष पाण्डे, केशव बहादुर खडका र बसिउद्धीन खानलाई स्पष्टीकरण सोधेको हो ।

परेको उजुरीको आधारमा २९ गते स्पष्टीकरण सोधिएको छ । जस्मा सनसाइन स्कुलमा अध्ययनरत बालिकालाई प्रचार प्रसार कार्यालय उद्घाटनको क्रममा नृत्यमा प्रयोग गरेको, चकलेटमा चुनाव चिन्ह अंकित गरी वितरण गरेको र गाडीमा फ्लैक्स प्रिन्ट झुन्डयाई प्रचार प्रसार गरेकोले आयोग मार्फत जरिवाना किन नगर्ने भनि ३ दिनमा जवाफ आउने गरी रुपन्नदेही क्षेत्र नम्बर ३ का उम्मेदवार नेपाली कांग्रेसका बालकृष्ण खाणलाई स्पष्टीकरण सोधएिको छ । 

त्यस्तै सिद्धार्थनगरका मेयर खान उम्मेदवारसँगै कार्य क्षेत्रमै प्रचारमा हिडेको, रुपन्देही क्षेत्र नम्बर ३ प्रदेश १ का उम्मेदवार सन्तोष पाण्डे, क्षेत्र २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार राष्ट्रिय जनमुक्ती पार्टीका केशव बहादुर थापा मगर र रुपन्देही क्षेत्र नम्बर ३ २ का नेपाली कांग्रेस तर्फकै उम्मेदवार बसिउद्दीन खानले निर्वाचन आचारसंहित विपरित प्रचार प्रसार, डिजे र कलर प्रचार सामाग्रीबाट प्रचार गरेकोले स्पष्टीकरण सोधिएको हो । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता शोभाखर खरेलका अनुसार २९ गते सोधिएको स्पष्टीकरण मध्ये केहीको जवाफ आएको बताए । उनले नेपाली कांग्रेसको, मेयर खानको र सन्तोष पाण्डेको जवाफ आएपनि अब आउने उजुरीको आधारमा समय छोट्याण्दै जवाफ मागिने बताए । आज मात्रै अनलाइनखबर विरुद्ध उजुरी परेको छ ।

रुपन्देहीबाट हालसम्म १५ विषयमा स्पष्टीकरण सोधिएकोमा केहीको मात्रै जवाफ आएको छ भने अधिकांसले जवाफ दिएका छैनन् । आएका जवाफ पनि माग गरेको ढाचामा नपठाई आफ्नै हिसाबले पठाइएको निर्वाचन आचारसंहिता अनुगमन समिति रुपन्देहीका अधिकृत विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए । 

यसअघि एक स्थानीयपालिका जनप्रतिनिधी, एक प्रशासकीय र ६ उम्मेदवारलाई बेग्लाबेग्लै पत्र समितिले पठाएर स्पष्टीकरण सोधेएको ज्ञवालीले बताए । अधिकांश फोन मार्फत उजुरी आएकोले फोनमार्फत नै उजुरी सम्बोधन भएको समितिले जानकारी दिएको छ ।

आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ बमोजिम निर्वाचन आचारसंहिता बनाई असोज १२ गतेदेखि लागू गरिसकेको छ ।

ऐनको दफा २३ को उपदफा (१) मा ‘दफा २२ बमोजिम आयोगले बनाएको आचारसंहिता पालना भए÷नभएको सम्बन्धमा आयोगले आवश्यकतानुसार संयन्त्र निर्माण गरी जाँचबुझ तथा अनुगमन गर्न सक्ने’ तथा उपदफा (२) ‘उपदफा (१) बमोजिम जाँचबुझ वा अनुगमन गर्दा कसैबाट आचारसंहिताको उल्लङ्घन भएको देखिएमा त्यस्तो काम तुरुन्त रोक्न वा बदर गर्नका लागि आयोगले सम्बन्धित राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आदेश दिनेछ’ भन्ने व्यवस्था छ ।

उपदफा (३) मा दफाको उपदफा (२) बमोजिम आयोगले दिएको आदेशबमोजिम काम कारबाही नरोक्ने वा बदर नगर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले रु एक लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।