खोटाङमा निर्वाचनको तयारी अन्तिम चरणमा

खोटाङ । खोटाङमा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदानस्थल पुगेका कर्मचारी र सुरक्षाकर्मीले मतदानको आवश्यक तयारी गरिरहेका छन् । निर्वाचनका लागि खोटाङका १३६ मतदान स्थल, १९४ मतदान केन्द्र र दुई वटा अस्थायी मतदान केन्द्रमा एक हजार ५५८ कर्मचारी खटिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामाकान्त यादवले बताए । 

बिहिबार मतदानस्थल पुगेका मतदान अधिकृत, सहायक मतदान अधिकृत लगायतको टोलीले मतदान स्थल क्षेत्रमा मदिरा निषेध, हातहतियार निषेध, चुनावी प्रचार–प्रसार निषेध एवं शान्ति भंग गर्न नहुने सुचना टाँस गर्दै निर्वाचनका लागि सर्वदलीय बैठक राखेर आचार संहिता बनाइसकेका छन् ।

मतदान स्थलमा निर्वाचन आयोगको ढाँचा अनुसार प्रवेश तथा बाहिर निस्कने द्धार, मतदाता उभिने घेराबारा, कर्मचारी बस्ने ठाउँ, गोप्य मतदान कक्ष, मत पेटिका राख्ने लगायतका संरचना बनाउने काम भइरहेको छ । गर्भवती एवं सुत्केरी, अशक्त बिरामी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिका लागि अलग्गै ठाउँ बनाइने सरस्वती मावि दिक्तेल मतदान केन्द्र (ख)की सहायक मतदान अधिकृत इरन राईले बताइन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मत पेटिकालाई मुख्य निर्वाचन अधिकृतको कार्यालयसम्म ल्याउनका लागि दुई वटा संकलन केन्द्र निर्धारण गरेर सवारी साधनमार्फत मत पेटिका ल्याउने तयारी गरिएको छ । जिल्लामा ७७८ मत पेटिकाको प्रयोग हुने सहायक निर्वाचन अधिकृत यादवले बताए ।

मत गणनास्थल पनि तयार  

निर्वाचन सामग्री सहितका कर्मचारी पठाइए लगत्तै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मत गणनास्थल निर्माण गरिएको छ । जिल्ला अदालतका तीन ठाउँमा मतगणना स्थल तयार पार्न सुरु गरिएको हो । मतदानका लागि सुरक्षा व्यवस्था चुस्त पारिएको प्रशासनले जनाएको छ ।

मतदानस्थलको पहिलो घेरामा नेपाल प्रहरी, दोश्रो घेरामा सशस्त्र प्रहरी र सवैभन्दा बाहिरको घेरामा नेपाली सेना बस्ने प्रवन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले बताए । निर्वाचनको सुरक्षार्थ एक हजार आठ सयको हाराहारीमा सुरक्षाकर्मी परिचालित भएका छन् । 

निर्वाचनमा स्वतन्त्र सहित नौ दलका २६ उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिनिधिसभा सदस्यमा आठ, प्रदेशसभा (क)मा १० जना र प्रदेशसभा (ख)मा छ जना उम्मेदवार छन् । आसन्न निर्वाचनमा खोटाङका एक लाख ४२ हजार ७९२ मतदाताले मताधिकार उपयोग गर्ने निर्वाचन कार्यालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।