इलाम : निर्वाचनको सुरक्षा तयारी पूरा

फिक्कल, ३ मङ्सिर । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षा तयारी इलाममा पूरा भएको छ । दुई सङ्घीय र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको इलाममा चारवटै सुरक्षा निकायका सुरक्षाकर्मी परिचालित भएका छन् । म्यादी प्रहरीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी एकीकृत सुरक्षा योजनाअनुसार परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी माधव ढुङ्गानाले जानकारी दिनुभयो ।

“दश पालिका रहेको इलामका सम्पूर्ण क्षेत्रमा सुरक्षाकर्मी परिचालन भइसकेका छन्”, उहाँले भन्नुभयो, “सम्पूर्ण मतदानस्थल तथा केन्द्रमा निर्वाचनका लागि खटाइएका कर्मचारीका साथ सुरक्षा टोली शुक्रबार पुगिसकेका छन् । निर्वाचन सुरक्षाका सबै तयारी पूरा भइसकेको इलाममा भयरहित निर्वाचन सम्पन्न हुनेमा हामी ढुक्क छौँ ।”

आगामी निर्वाचनका लागि जिल्लाभर पाँच सय ५० नेपाली सेना, चार सय ५४ सशस्त्र प्रहरी, सात सय ७५ नेपाल प्रहरी, एक हजार चार सय ४८ म्यादी प्रहरी र १५ सदस्य अनुसन्धान विभागको टोली खटाइएको छ । निर्वाचनका दिन खटिने गरी चारवटा मोबाइल टोली बनाइएको छ । जिल्लामा प्रजिअको नेतृत्वमा र निर्वाचन क्षेत्रमा उपसिचवस्तरका कर्मचारीको नेतृत्वमा टोली परिचालित हुने प्रजिअ ढुङ्गानाले बताउनुभयो ।

केही दिनअघि जिल्ला सुरक्षा समिति इलामले मतदानस्थलको अवस्था विश्लेषण गरेको थियो । सोअनुसार इलामका ३६ मतदानस्थललाई अतिसंवेदनशीलरूपमा लिइएको छ । पचपन्न वटालाई संवेदनशील र ५९ वटा केन्द्रलाई सामान्य भनी छुट्याइएको ढुङ्गाानाले बताउनुभयो । “सुरक्षा अवस्था, भौगोलिक कठिनाइ वा दूरी र मतदाताको पहुँचजस्ता कुराले संवेदनशीलता पहिचान गरेका हौँ”, उहाँले भन्नुभयो, “संवेदनशील भनेर छुट्याइए पनि सबै मतदान केन्द्रको सुरक्षा व्यवस्था भने मजबुत बनाइएको छ ।”(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।