खोटाङमा मतदान केन्द्र सम्हाल्दै महिला कर्मचारीको टोली

खोटाङ, ३ मंसिर । खोटाङमा एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटिएका छन् । दिक्तेलको सरस्वती मावि (ख) केन्द्रमा अधिकृत छैठौँ सर्मिला राईको नेतृत्वमा सात महिला खटिएका हुन् ।

साकेला गाउँपालिकामा कार्यरत राईलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले सो मतदान केन्द्रमा मतदान अधिकृतको रुपमा खटाएको हो । सो केन्द्रमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कार्यरत पाँचौं स्तरका कर्मचारी इरन राईलाई सहायक मतदान अधिकृत, सोही नगरपालिकामा कार्यरत पाँचौ स्तरका कल्पना पोखरेल र चौथो स्तरका अरुणा बानियाँलाई सहायक कर्मचारीका रुपमा खटाएको छ । 

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी प्राशि द्धितीय सविता ढकाल, हलेसी तुवाचुङ नगरपालिकाकी प्राशि तृतीय देवी राई, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका चौथो स्तरका सिता यादवलाई सहायक कर्मचारीका रुपमा खटाएको छ ।

जिल्ला अदालतकी सरस्वती दाहाललाई सहयोगीका रुपमा खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नमूना मतदान केन्द्रका रुपमा एउटा मतदान केन्द्रमा महिला कर्मचारीलाई मात्रै खटाइएको सहायक निर्वाचन अधिकृत रामाकान्त यादवले बताए । 

मतदान केन्द्रमा खटिएका महिला कर्मचारीको टोलीले मतदानस्थल तयार पारेर मतदाता नामावली वितरण, बुथ प्रतिनिधि कार्ड वितरण गरिरहेका छन् । 

खोटाङका १३६ मतदान स्थल, १९४ मतदान केन्द्र र दुई वटा स्थायी मतदान केन्द्रमध्ये १५ मतदान केन्द्रको मतदान अधिकृतका रुपमा महिला कर्मचारी खटिएका छन् । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।