सङ्घीय राजधानी काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ : प्रजिअ उपाध्याय

काठमाडौँ, ४ मङ्सिर । सङ्घीय राजधानी काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदान शान्तिपूर्ण भइरहेको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार सबै निर्वाचन क्षेत्रका मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको छ । उहाँका अनुसार काठमाडौँको सुरक्षा व्यवस्था चुस्त र दुरुस्त बनाइएको छ ।

प्रजिअको नेतृत्वमा अनुगमन टोलीले बिहानैदेखि मतदान केन्द्रको अनुगमन गरिरहेको प्रजिअ उपाध्यायले बताउनुभयो । काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधन नचल्दा मुख्य सडक चोक सुनसान बनेको छ । दैनिक सवारी साधन आवागमनले भीडभाड र व्यस्त रहने उपत्यकाका सडक आज बिहानैदेखि खालिछन् । अत्यावश्यक कामकाजी सर्वसाधारण वैकल्पिक माध्यमबाट गन्तव्यतिर गइरहेका देखिन्छन् ।

काठमाडौँको कोटेश्वर, महाराजगञ्ज, बालाजु, कलङ्की, कालीमाटी, थापाथली, नयाँबानेश्वरलगायत व्यस्त सडक सुनसान छन् । भक्तपुर र ललितपुरका सडक पनि सुनसान छन् । पास नभएका सवारी साधनलाई ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न चोकमा होल्डिङ सेन्टर बनाएर राखेको छ । भद्रकाली, कोटेश्वर, कलङ्कीलगायत मुख्य चोकमा बिनापासका उल्लेख्य सङ्ख्यामा सवारी साधन नियन्त्रणमा लिएर होल्ड गरिएको छ ।

निर्वाचमा शान्ति सुरक्षालाई दुष्टिगत गरी काठमाडौँ, ललितपुर र भक्तपुरमा सवारी साधन सञ्चालनमा रोक लगाइएपछि उपत्यका सुनसान बनेको हो ।सार्वजनिक सवारी साधन सञ्चालन नगर्ने तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निर्णय गरेको थियो । निर्वाचन आयोगले मापदण्ड तोकेका र पास भएका सवारी साधनमात्रै सञ्चालन भइरहेका छन् ।

मतदानका आज बिहान ४ गतेदेखि बेलुकी ७ बजेसम्म उपत्यकामा सवारी आवागमन बन्द हुनेछ । प्रेस, खानेपानी, विद्युत्, एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सवारी साधन भने सञ्चालन हुनेछन् ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।