दुर्घटनामा परी एक व्यक्तिको मृ’त्यु

सुरुङ्गा (झापा), ४ मङ्सिर । निर्वाचनको सुरक्षामा खटिएको नेपाली सेनाको सवारी र मोटरसाइकल एक आपसमा ठोक्किँदा झापामा आज एक जना व्यक्तिको मृ’त्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक अशोक जवेगूका अनुसार आज बिहान शिवसताक्षी नगरपालिका-११ स्थित सतासी खोलाको पुलमा नेपाली सेनाले चलाएको बा १ झ १०११ नम्बरको सवारी र प्रदेश १-०१-०१२ प ३८५७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइलमा सवार व्यक्तिको मृ’त्यु भएको हो ।

मृ’त्यु हुनेमा महाभारा ३ निवासी २८ वर्षीय होमबहादुर खत्री हुनुहुन्छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मोटरसाइकलमा सवार खत्री नेपाली सेनाले चलाएको सवारीमा ठोक्किँदा गम्भीर घाइते भएको र उपचारका क्रममा मेची अस्पतालमा मृ’त्यु भएको प्रहरी निरीक्षक जवेगूले बताउनुभयो ।(रासस)

रसुवामा दिउँसो ३ः३० बजेसम्म ६४ प्रतिशत मतदान
रसुवा, ४ मङ्सिर (रासस) :प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आज जारी मतदानमा रसुवा जिल्लामा दिउँसो ३ः३० बजेसम्म ६४ प्रतिशत मत खसेको छ ।

प्रमुख जिल्ला अधिकारी नवराज जैसी दिउँसो ३ः३० बजेसम्म कुल ३९ हजार चार सय ५९ मतदातामध्ये ६४ प्रतिशत मत खसेको जानकारी दिनुभयो ।

उहाँले मतदान शान्तिपूर्णरुपमा भइरहेको बताउनुभयो । रसुवामा ३४ मतदानस्थलमा ५४ वटा मतदान केन्द्र छन् । एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रसुवामा प्रतिनिधिसभा सदस्यका लागि सात वटा राजनीतिक दल र तीन जना स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।