दक्षिणकाली माताले सबैको कल्याण गरुँन ! हेर्नुहोस् मंसिर ५ गते सोमबारको राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ मंसिर ५ गते सोमबार इश्वी सन २०२२ नोभेम्वर २१ तारीख मार्गशीर्ष कृष्ण पक्ष द्वादशी तिथी पश्चात त्रयोदशी तिथी चित्रा नक्षत्र आयुष्मान योग तैतिल करण चन्द्रमा कन्या राशिमा आनन्दादि योगमा मुद्गर योग नल नाम संवत्सर सुर्य दक्षिणायन हेमन्त सोमप्रदोषव्रत पशुपतिनाथ,तारुघाट रामेछाप त्रिवेणीमा मेला , हलेसी महादेव, झापा सताक्षिधाम तथा अर्जुनधारा आदी महादेवस्थानमामेला,धादिङ लामाचिरोमेला टेलिभिजन दिवस (ज्यो.प. सरोज घिमिरे)

मेष राशि -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
भाग्योदयका निम्ती मित्रजनको साथ सहयोग आवश्यक रहनेछ । देश प्रदेशको यात्राको योग रहनेछ । मध्यान पश्चात भने जिवन साथीको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका माध्यम बाट आम्दानीका श्रोत सुदृण बन्नेछ । सभा सम्मेलन जन्य कार्य सहभागीता मिल्नेछ ।

बृष राशि- इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
कला कौशलको प्रयोगलमा समय ब्यतित रहने योग रहनेछ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला । नयाँ कार्य थालनिका निम्ति आँट र साहशमा कमि आउनेछ । सन्तान सम्बन्धि समस्याले सताउने छ ।

मीथुन राशि -का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रतिश्पर्दा जन्य कार्यमा उत्तम स्थान प्राप्त रहनेछ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । बिद्या प्राप्ति योग रहेको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । यात्रामा साबधानि अपनाउनु होला ।

कर्कट राशि- हि, हु, हे, हो, डा, डि, डु, डे, डो
निर्णय गर्ने क्षमता मा बृद्धि हुने योग रहेको छ । मित्रजनहरुको अधिक निकटता उत्तम रहनेछैन । अपरान्ह पश्चात पारीवरिक साथ सहयोग प्राप्त रहनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ ।

सिंह राशि -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
कुरा काट्ने ब्यक्तिको कमि नरहला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । यात्रा झन्झट पुर्ण रहनेछ । भोज भतेरमा सरीक हुने समय रहेको छ । सञ्चित रकम खर्च हुने योग रहेको छ । अपरान्ह पश्चात निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मित्रजनहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन ।

कन्या राशि -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
नयाँ लगानिको क्षेत्रमा समय राम्रो छैन सजग रहनु होला । बिद्या प्राप्ति योग रहेको रहेतापनि सन्तान सम्बन्धि समस्याले भने सताउने छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ ।मनको चन्चलताले गर्दा कार्य क्षेत्रमा सामान्य ढिलाई हुन सक्नेछ ।

तुला राशि -र, रि, रु, रे, रो, ता, ति, तु, ते
नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शारीरिक आलस्यले कार्य ढिलाई हुन सक्छ । सबारी साधनको प्रयोगमा बिशेष ध्यान दिनु पर्ने छ । कार्यक्षेत्रमा प्रतिस्पधिहरुको बृद्यिहुनाले तपाईलाई सामान्य झन्झट आईपर्ला । तात्कालिन आर्थिक अभाबको सामना गर्नु पर्ने सम्भाबना रहेकोछ ।

बृश्चिक राशि -तो, ना, नि, नु, ने, नो, या, यि, यु
अरुको छिटो बिश्वास गर्नाले धोकाहुन सक्छ । नयाँ कार्यको थालनि नगनू होला । नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । अरुको संगतगर्ने बानिले सामान्य समस्या आइपर्ला । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । नयाँ कार्यको थालनिले आम्दानि सबल तुल्याउनेछ ।

धनु राशि -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सामान्य कार्यका निम्ती अधिक परीश्रम खर्चनु पर्नेछ । मानसम्मानमा आचँ आउन सक्नेछ अपरान्ह पश्चात भने दिदी बहिनीहरुको साथ सहयोगले दीगो फाईदा हुने कार्यको थालनि होला । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन ।

मकर राशि -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मित्रजनहरु सगँको यात्रा स्मरणीय साबित रहनेछ । मान्य जनको साथ सहयोग प्राप्त हुनाले सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ । श्रम र परीश्रमको कदर हुने वा मानसम्मान प्राप्त हुने समय रहेको छ । मनमा सामान्य चिन्ताले बास गर्नाले कार्य क्षेत्रमा झन्झट आई पर्नेछ ।

कुम्भ राशि -गु, गे, गो, सा, सि, सु, से, सो, द
स्वास्थमा रहेको समस्या क्रमिक रुपमा सुधार रहनेछ । बिशेष जिम्मेबारी बहन गनुपर्ने समय रहेको छ । ईष्ट मित्रजनको साथ सहयोग प्राप्तहुनाले कार्य सहज रहला । भाग्योदयका निम्ति खट्नुपर्ने समय रहेको छ । आजको कार्यले भोलिलाई फाइदा रहनेछ । नयाँ कार्य क्षेत्रमा लगानि नगरेकै बेश हुनेछ ।

मिन राशि -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
ब्यपार ब्यवसायमा सामान्य घाटाको सम्भाबना रहनेछ । मनमा उत्पन्न बिभिन्न कुबिचारले समस्या निम्त्याउन सक्ला सजग रहनु पर्नेछ । सामान्य चोटपटकको सिकार भईन सक्छ । मान्यजन संगको सम्बन्धमा खराबी आउन सक्नेछ । मित्र हरुको साथ सहयोग प्राप्त हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।