तेह्रथुममा मतपेटिका सङ्कलन हुँदै

म्याङ्लुङ, ५ मङ्सिर । एक मात्रै निर्वाचन क्षेत्र रहेको तेह्रथुममा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा ५८ दशमलव ३ प्रतिशत मत खसेको छ ।

अहिले जिल्लाका सबै मतदान केन्द्रबाट मतपेटिका सङ्कलन भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सबैतिरको मतपेटिका ल्याइसकेपछि सर्वदलीय बैठक बसी मतगणना शुरु गरिने निर्वाचन अधिकृत निराज शर्माले जानकारी दिनुभयो ।

प्रारम्भिक तथ्याङ्कअनुसार ४१ हजार नौ सय ५६ मत खसेको छ । २० हजार चार सय ७९ पुरुष र २१ हजार चार सय ७७ महिलाले मतदान गरेका छन् ।

तेह्रथुममा ७१ हजार नौ सय ३३ मतदाता छन् । २९ हजार नौ सय ७७ मतदाता मतदानमा सहभागी भएनन् । वैदेशिक रोजगारीमा रहेका, जिल्ला बाहिर भएका मतदाता तथा मतदानमा उत्साह नहुनुजस्ता कारणले मत कम खसेको हुन सक्ने अनुमान गरिएको छ ।

५६ स्थायी र एक अस्थायी गरी जम्मा ५७ मतदानस्थल र ९३ स्थायी र एक अस्थायी केन्द्र गरी ९४ मतदान केन्द्र छन् । आइतबार सम्पन्न निर्वाचन तेह्रथुममा शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।